११ बैशाख २०८१, मंगलबार | April 24, 2024

आज बडादशैँको छैटौं दिन, कात्यायनी भगवतीको पूजा गरिंदै



काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैँको आज छैटौं दिन । आज माता कात्यायनी भगवतीको पूजा गरिंदैछ ।

कात्यायनी भगवतीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा जन्म भएकी थिइन् । उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।

राजर्षी जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । माता कात्यायनीको शारीरिक वर्ण सुन्तला रङको रहेको धर्मशास्त्रमा वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छिन् । उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ ।

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनीलाई माता पार्वतीको सौर्य अवतार पनि मानिन्छ । अघिल्ला बर्षहरुमा देवी कात्यायनीको पूजाआराधनाका लागि मन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तजनहरुको भिड लाग्ने गथ्र्यो ।

तर यस पटक कोरोना संक्रमण जोखिमका कारण सरकारले मन्दिर तथा शक्तिपीठहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि सार्वजनिक पूजामा रोक लगाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ६ : ३६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना