१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

फलफूलको मूल्य छोइनसक्नु महङ्गो



काठमाडौं । दशैंको बेला फलफूल बजार अति महङ्गो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँसम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन् ।

चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु लगायतको खपत त्यसैपनि बढी हुन्छ । त्यसैले यो समयमा त्यस्ता बस्तुहरुको मूल्य बजारै पिच्छे फरक पर्ने गरेको देखिन्छ । फलफूल चाडपर्वको बेलामा समान्यतया धेरै बिक्री हुने वस्तु हो । फलफूल बजारको अवस्था बुझ्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा मूल्यमा एकरुपता नभएको भेटिएका ेछ । एउटै जातको एक किलो स्याउको मूल्य एक सय ६० रुपैयाँ देखि २ सय रुपैयाँ सम्म परेको पाइएको छ ।

बजारमा भेटिएका उपभोक्ताहरु पनि मूल्यमा फरक पर्दा मार परेको गुनासो गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेटिनुभएका उपभोक्ता ऋषिकेश पोखरलले सरकारले आफ्नो उपस्थिति बजारमा नदेखाउँदा पसलै पिच्छे मूल्यमा फरक परेको बताउनुभयो । चाडपर्वको समयमा पनि सरकारले बजार अनुगमन नगरिदिँदा महँगो मूल्य तिरेर फलफूल उपभोग गर्न बाध्य भएको उनले बताए ।

व्यापारीहरुले भने थोक (होलसेल) व्यापारीहरुका कारण खुद्रा बजारमा पसलै पिच्छे मूल्यमा फरक पर्ने गरेको बताएका छन् । आफुहरुले मूल्य बढाएको भन्दापनि होलसेल पसलले नै मूल्यमा एकरुपता कायम नगरिदिदा बजारमा पसलैपिच्छे फरक मूल्य देखिएको व्यापारीहरुको भनाइ छ ।

नयाँ बानेश्वर क्षेत्रमा फलफूल व्यापार गदैं आउएका पुजन कुमार साहले भाउमा एकरुपता नहुनेको कारण होलसेल विक्रेताहरु नै रहेको बताए । होलसेल पसलमा नै एउटै जातको स्याउ प्रति पेटी १ हजार रुपैयाँ देखि १ हजार २ सय रुपैयाँ सम्म पर्ने भएकाले भाउमा फरक परेको साहले बताए । यस्तै गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्य झण्डै दोब्बर रहेको पनि उनले जनाए ।

कालीमाटी फलफूल तथा तरकारी बाजार विकास समितिले आइतबारका लागि प्रति केजी स्याउको मूल्य औषतमा २ सय ४५ रुपैयाँ देखि ३ सय १० रुपैयाँ तोेकेको छ । त्यस्तै केरा प्रतिदर्जन औषतमा ८५ रुपैयाँ र सुन्तला प्रति केजी ४८ रुपैयाँ थोक मूल्य तोकेको छ । भारतीय सुन्तला भने प्रति केजी १ सय ५ रुपैयाँ रहेको छ । त्यस्तै अनार ३ सय १० रुपैयाँ प्रतिकेजी रहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ४ : ३० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र