३१ भदौ २०८३, बुधबार | September 17, 2026

गण्डकी प्रदेशमा कोरोना संक्रमित ७ हजार नजिक, मृत्यु हुनेको संख्या ७१ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या झण्डै सात हजारको नजिक पुगेको हो ।

आज थपिएका मध्ये गोरखाका २५ जना रहेका छन् । म्याग्दीका ५ जना, कास्कीका ३ जना र पर्वतका २ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिहीबार थपिएका नयाँ संक्रमितहरु सबै कन्ट्याक्ट ट्रेसिङको आधारमा थपिएका हुन् ।

यसैगरी पोखरा महानगरपालिका वडा नं. १३ का ३६ वर्षीय एक महिलाको कोरोना संक्रमणकै कारण गएराति मृत्यु भएको पनि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूमा उपचारका क्रममा ती महिलाको मृत्यु भएको हो ।

यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ११ : ५० बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै