४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतीय नागिरकलाई नेपाली नारिकता सिफारिस गर्ने वडाअध्यक्ष पक्राउ



धनगढी । भारतीय नागिरकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

२०७५ फागुन २० मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीले नक्कली बाबु बनेर भारतीय नागरिक अन्सारीको नागरिकता बनाउन वडाअध्यक्ष जोशीलाई अनुरोध गरेका थिए ।

त्यसपछि जोशीले नक्कली बुवा बनेको सिफारिस गरेको प्रमाण भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कायालयले कैलालीले जनाएको छ । नक्कली बाबु हाल फरार छन् भने भारतीय नागरिक अन्सारी टीकापुरमा बस्छन् ।

यसै अभियोगमा प्रहरीले चौधरीका दाजु खुसीराम चौधरीलाई पनि पक्राउ गरेको छ । भाउजू गीता चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अन्सारीले १ लाख रुपैयाँ दिएपछि चौधरीले उनलाई नक्कली छोरा बनाएका थिए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ११ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको