५ श्रावण २०८३, मंगलबार | July 21, 2026

डार्विनले ल्याए ‘हवाई अड्डा’ (भिडियो सहित)



काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वरमा रहेको गीत ‘हवाई अड्डा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जादा एयरपोर्टमा मान्छेहरु भेट्ने छुट्ने क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन । गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ ।

मर्मस्पर्शी यस गीतको म्युजिक भिडियोमा सुमित तामाङ, कुसुम गुरुङ र सुरज तमुको अभिनय देख्न सकिन्छ। भिडियोमा विजय ताम्राकारको छायांकन र सम्पादन रहेको छ । सुरज तमुको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

विदेशमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक लुंगेलीले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिनहुन सम्पुर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन । साथै आगामी दिनहरुमा अझै स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने गायक लुङ्गेलीले बताएका छन ।

भिडियो सहित

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ८ : १४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं