२५ असार २०८३, बिहिबार | July 9, 2026

पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले भने मङ्सिरदेखि पर्यटकीय गतिविधि खुला हुन्छ



सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण पर्यटकीय गतिविधि खुला गरिने बताएका छन् ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका¬–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने जनाएका हुन्।

मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमन वर्षका रुपमा अघि बढाइने छ भन्दै कोरोनाबाट बच्नका स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिए ।

विमानस्थल पुनः सञ्चालनमा ल्याइने
मन्त्री भट्टराईले मङ्सिरदेखि काँगेलडाँडा विमानस्थल पुनःसञ्चालन गर्ने पनि जानकारी दिए । गत पाँच वर्षदेखि बन्द सो विमानस्थल सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी साताको एक दिन भए पनि उडान शुरु गरिने बताए।

विसं २०५२ मा निर्माण शुरु भएको विमानस्थलमा २०६३ सालदेखि उडान सेवा शुरु भएकामा विसं २०७२ मा उडान बन्द भएको थियो ।

यस्तै काँगेलडाँडा विमानस्थलको स्थलगत अध्ययनपछि मन्त्री भट्टराईले महाकुलुङमा निर्माण हुन लागेको विमानस्थलको समेत निरीक्षण गरेका छन् ।

वातावरणीय प्रभाव मुल्यांकन पास भएको उक्त विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०को काम पनि छिट्टै बन्ने भन्दै आगामी आर्थिक वर्षको बजेटमा विमानस्थललाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विमानस्थल सञ्चालनपछि मेरापिक, मुन्दुम ट्रेल पदमार्गमा आउने पर्यटकलाई समेत सहज हुने मन्त्री भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ४८ बजे

तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि…

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका कर्णबहादुर खत्रीको तीन दशकपछि

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सवारीसाधन दुर्घटनामा मृत्यु

सुनसरी । कोशी गाउँपालिका-८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन