६ श्रावण २०८३, बुधबार | July 22, 2026

तिहार नआउँदै चितवनमा सुक्न थाल्यो सयपत्री फूल



चितवन । गत वर्षभन्दा यो वर्ष तिहार आउन ढिला भएपछि चितवनमा रोपिएको सयपत्री फूल ओइलाउन र सुक्न थालेका छन् ।

विगतका बर्षहरुमा समयमै आफूले लगाएका फूल विक्री गरिरहेका किसान अहिले फूल सुक्न थाल्दा चिन्तित छन् । तिहार आउन अझै एक साताभन्दी बढी दिन बाँकी रहेको छ ।

केही व्यवसायिक किसानहरुले लट अनुसार सयपत्री उत्पादन गरेको भएपनि अधिकांश किसान र सर्वसाधारणले घरमा लगाएका सयपत्री फूल बोटमै सुक्न थालेका हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ७ का किसान ईश्वर कुमार श्रेष्ठ यो वर्ष तिहार ढिला भएकाले फूल बोटमा सुक्ने, कालो हुने गरेको बताउंँछन् । ‘यो वर्ष तिहार पनि ढिला भयो, दसैंमा पनि विक्री भएन’, उनले भने, ‘मैले दुई पटकमा चार कट्ठामा लगाएको फूल जोतें ।’

उनका अनुसार पहिले लगाईएका फूल पनि कोरोनाका कारण विक्री हुन नसक्दा खेर गएको र तिहारका लागि तयारी अवस्थामा रहेको फूल पनि अर्डर पनि भएको छैन, विक्री पनि भने भएको छैन । केही व्यवसायिक किसानहरुले फूलिसकेको फूलहरुलाई टिपेर हटाउने र तिहारको लागि नयाँ फूल तयार गरेपनि अधिकांश किसानको फूल तुषारो र तयार अगावै फूलेर खेर गएको छ ।

भरतपुर महानगरपालिका–२६ का किसान दिपक पाख्रिन दुई बिघामा लगाएको फूल यो वर्ष तुषारोका कारण ओइलाएको बताउँछन् । उनले भने, ‘एकत अहिले तिहार ढिला आयो, अर्कोकुरा जाडोको समय पनि शुरु भएकोले फूलेका फूल सबै तुषारोले कालो बनाइदियो ।’

तिहारलाई लक्षित गरेर लट अनुसार फूल तयार पारेपनि तिहार अगावै सुक्दै गएको उनको भनाइ छ । सयपत्री फूललाई नत ‘सेड’ मा राखेर लगाउन सकिन्छ नत लामो समयसम्म स्टोरनै गर्न सकिन्छ । जसका कारण चितवनमा फूलको उत्पादन राम्रो भएपनि सदुपयोग नहुंँदा खेर जान थालेको छ ।

चितवनका अधिकांश घरमा भएको सयपत्री फूल ओइलाउँदै सुक्न थाले पनि व्यवसायिक किसानले लगाएको फूल भने सुक्न भने नपाएको फ्लोरिकल्चर एशोसियशन चितवनका अध्यक्ष प्रकाश पन्तले बताए । आर्थिक अभियानबाट

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ४४ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको