२२ भदौ २०८३, सोमबार | September 7, 2026

नागरिकता र सम्पत्ति सुरक्षाको माग गर्दै एनआरएनएद्वारा सरकारसमक्ष सुझाव पेश



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीहरुको सम्पत्ती सुरक्षा र नागरिकता ग्यारेन्टीको माग गर्दै सरकारसमक्ष सुझाव पेश गरेको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले गत बिहीवार नेपाल कानून आयोगमार्फत् नेपालीको नागरिकता र सम्पत्तीसम्वन्धी अधिकार सुनिश्चित गर्न कानून संशोधनको लागि एनआरएन ऐन मस्यौदा संशोधन गर्न माग गर्दै सुझाव दिएको हो ।

केसीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलमार्फत एनआरएनए ऐनको मस्यौदा सम्बन्धमा सुझाव पेश गरेको हो । कानून आयोगसँगको छलफलमा उपाध्यक्ष डा. बद्री केसीले संघको तर्फबाट मस्यौदा ऐन सम्बन्धमा बुँदागत रुपमा संघको धारणा प्रस्तुत गरेका थिए ।

त्यसक्रममा कानून आयोगका अध्यक्ष माधव पौडेलले संघले सुझाव प्रतिवेदन ग्रहण गर्दै प्राप्त सुझावहरुले गैरआवासीय नेपाली संघ ऐनलाई अझ व्यवस्थित गर्न सहयोग पुग्ने विचार व्यक्त गरेका थिए ।

पौडेलले संविधानले व्यवस्था गरेको नेपालको गैरआवासीय नागरिताको परिकल्पना र एनआरएनए ऐनले व्यवस्था गरेको गैरआवासीय नेपाली परिचयपत्रलाई थप व्यवस्थित गरी अधिकार सम्पन्न गराउन आयोगले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : ०५ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा