४ पुस २०८२, शुक्रबार | December 19, 2025

नागरिकता र सम्पत्ति सुरक्षाको माग गर्दै एनआरएनएद्वारा सरकारसमक्ष सुझाव पेश



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीहरुको सम्पत्ती सुरक्षा र नागरिकता ग्यारेन्टीको माग गर्दै सरकारसमक्ष सुझाव पेश गरेको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले गत बिहीवार नेपाल कानून आयोगमार्फत् नेपालीको नागरिकता र सम्पत्तीसम्वन्धी अधिकार सुनिश्चित गर्न कानून संशोधनको लागि एनआरएन ऐन मस्यौदा संशोधन गर्न माग गर्दै सुझाव दिएको हो ।

केसीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलमार्फत एनआरएनए ऐनको मस्यौदा सम्बन्धमा सुझाव पेश गरेको हो । कानून आयोगसँगको छलफलमा उपाध्यक्ष डा. बद्री केसीले संघको तर्फबाट मस्यौदा ऐन सम्बन्धमा बुँदागत रुपमा संघको धारणा प्रस्तुत गरेका थिए ।

त्यसक्रममा कानून आयोगका अध्यक्ष माधव पौडेलले संघले सुझाव प्रतिवेदन ग्रहण गर्दै प्राप्त सुझावहरुले गैरआवासीय नेपाली संघ ऐनलाई अझ व्यवस्थित गर्न सहयोग पुग्ने विचार व्यक्त गरेका थिए ।

पौडेलले संविधानले व्यवस्था गरेको नेपालको गैरआवासीय नागरिताको परिकल्पना र एनआरएनए ऐनले व्यवस्था गरेको गैरआवासीय नेपाली परिचयपत्रलाई थप व्यवस्थित गरी अधिकार सम्पन्न गराउन आयोगले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको