२४ बैशाख २०८१, सोमबार | May 6, 2024

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बाजुराको टाँटे स्वाथ्यचौकी सिल



बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा रहेको टाँटे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा आइतबार कोरोना पुष्टि भएको छ ।

स्वास्थ्यचौकीमा कार्यरत ४५ वर्षीय एक कर्मचारीमा आइतबार कोरना पुष्टी भएपछि स्वास्थ्य चौकी तीन दिनका लागि सिल गरिएको टाँटे स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकी सिलपछि अति आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ ।

शुक्रबार गरिएको १२ जनाको स्वाव संकलनमा एक जना स्वाथ्यकर्मीमा कोरना देखिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार स्वाव संकलन गरी अछाम जिल्लाको कमलबजार स्वास्थ्य चौकीमा गरिएको पिसिआर परिक्षणमा १२ जनामध्ये एक जना स्वास्थ्यकर्मीमा कोरना पुष्टी भएको थियो ।

स्वास्थ्यकर्मीलाई कोरोना पुष्टी भएपछि स्वास्थ्य चौकीमा कार्यरत अन्य कर्मचारीको पनि सम्पर्कका आधारमा स्वाव संकलन गरिने बुढीगंगा स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताए ।
कर्मचारीहरुको पिसिआर रिपोर्ट आएपछि मात्र स्वास्थ्य चौकीमा सेवा दिईने उनले बताए ।

यस्तै जिल्ला अस्पताल बाजुराका २२ जनाको पिसिआर परिक्षणका लागि शनिबार डोटीमा पठाइएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले जानकारी दिए । जिल्लामा आइतबारसम्म कोरना संक्रमित हुनेको संख्या पाँच सय ८२ पुगेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : ०१ बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच