१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

तिनाउलाई दिपावली फुटसलको उपाधि



बुटवल । बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शुक्रबार सम्पन्न दिपावली फेष्टिवल फुटसल २०७७ को उपाधि तिनाउ साईक्लिङ क्लबले चुमेको छ ।

फाईनलमा रुपन्देही जिल्ला साईक्लिङ संघलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

खेलमा तिनाउका सृजन श्रेष्ठ म्यान अफ दी म्याच र संघका खोम बहादुर पौडेल हाई स्कोररबाट पुरस्कृत भएका थिए ।

एक समारोहका बिच बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

उनले खेलको माध्यमबाट आन्तरिक पर्यटन र विकास अबको आवश्यकता भएको बताए ।

साईक्लिष्टहरु बिचमा भातृत्व विकास गर्दै एकतावद्घ गराउने लक्ष्यसहित कार्यक्रम गरिएको क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए ।

प्रतियोगितामा संघ सहित जिल्लाका ४ वटा क्लबका गरि ७ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक रेशम रेग्मीले बताए ।

कार्यक्रममा संघका अध्यक्ष पुकार थापा, संघका सल्लाहकार जाकिर हुसैन, क्लबका सचिव राजु तिवारी, कोषाध्यक्ष डम्बर तिवारी, सदस्य रबिलाल सुवेदी, दिपक केसीले थप रचनात्मक कार्यक्रमहरु गर्दै लगिने बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ११ : १२ बजे

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका

आगलागी पीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

दाङ । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले १० मिलियन अमेरिकी डलर लगानी गर्ने

काठमाडौ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई

सुहाङको यात्रा – अधिवक्तादेखि सांसदसम्म

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद्

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा