११ असार २०८३, बिहिबार | June 26, 2026

तिनाउलाई दिपावली फुटसलको उपाधि



बुटवल । बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शुक्रबार सम्पन्न दिपावली फेष्टिवल फुटसल २०७७ को उपाधि तिनाउ साईक्लिङ क्लबले चुमेको छ ।

फाईनलमा रुपन्देही जिल्ला साईक्लिङ संघलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

खेलमा तिनाउका सृजन श्रेष्ठ म्यान अफ दी म्याच र संघका खोम बहादुर पौडेल हाई स्कोररबाट पुरस्कृत भएका थिए ।

एक समारोहका बिच बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

उनले खेलको माध्यमबाट आन्तरिक पर्यटन र विकास अबको आवश्यकता भएको बताए ।

साईक्लिष्टहरु बिचमा भातृत्व विकास गर्दै एकतावद्घ गराउने लक्ष्यसहित कार्यक्रम गरिएको क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए ।

प्रतियोगितामा संघ सहित जिल्लाका ४ वटा क्लबका गरि ७ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक रेशम रेग्मीले बताए ।

कार्यक्रममा संघका अध्यक्ष पुकार थापा, संघका सल्लाहकार जाकिर हुसैन, क्लबका सचिव राजु तिवारी, कोषाध्यक्ष डम्बर तिवारी, सदस्य रबिलाल सुवेदी, दिपक केसीले थप रचनात्मक कार्यक्रमहरु गर्दै लगिने बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ११ : १२ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा