८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

हङकङमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा आगलागी, ७ जना नेपालीको मृत्यु



काठमाडौं । हङकङमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको ज्यान गएको छ ।

हङकङको याउमातेइ शहरमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आइतबार राती आगलागी हुँदा कम्तिमा सात जना नेपालीको मृत्यु भएको हङ्कङ् प्रहरीले जनाएको छ।

संघका अनुसार मृत्यु हुनेमा चार पुरुष र तीन महिला छन् । मृतकहरुको यो समाचार तयार पार्दा सम्म सनाखत भइसकेको छैन। मृतकहरु नेपालको बागलुङ जिल्लाका नागरिक भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

आगलागीमा परेर १८ जना घाईते भएकोमा ७ जनाको मृत्यु भएको र २ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

बागलुङ समाजका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना भएको बताईएको छ ।

हङकङको समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो।

घटनास्थल नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ ।

 

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १० : २४ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा