१५ माघ २०८२, बिहिबार | January 29, 2026

चलचित्र ‘भाँडाकुटी’ रुपन्देही क्षेत्रमा छायांकन हुने



बुटवल । नेपाली चलिचित्र ‘भाँडाकुटी’ रुपन्देहीमा छायांकन हुने भएको छ ।

किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘भाँडाकुटी’ रुपन्देहीका शहरी तथा ग्रामीण क्षेत्रहरुमा निर्माण हुने फिल्म युनिटले जानकारी गराएको छ ।

दृश्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्देशक एवम् कलाकारहरुको सहभागितामा आइतबार बुटवलमा एक समारोहका बीच औपचारिक घोषणा गरिएको हो । चलचित्रमा मुकुन भुषाल र बेनिशा हमाललेसँगै अभिनय गर्ने भएका छन् ।

चलचित्र भाँडाकुटी आउँदो फागुनमा बुटवल, तिलोत्तमालगायत आसपासका क्षेत्रहरुमा छायांकन गरिने निर्देशक किरण बिकले जानकारी गराए । अन्तर्जातीय वैवाहिक परिवेशसहितको सामाजिक कथामा निर्माण हुन लागेको चलचित्र कलम खड्काले निर्माण गर्न लागेका हुन् ।

चलचित्र पत्रकार संघ, रुपन्देहीको आयोजनामा भएको घोषणा तथा पत्रकार भेटघाट समारोहमा निर्देशक विकले युवाहरुको समूहले सामाजिक परिवेशमा आधारित चलचित्र बनाउन लागेको बताउँदै उत्कृष्ट बन्नेमा विश्वास रहेको जनाए ।

सो अवसरमा नायक मुकुन भुषाल र नायिका बेनिशा हमालले पुरानो परम्परा र सोचलाई नयाँ पुस्ताले चलचित्रमार्फत प्रस्तुत गरिने कथाअनुसार बन्न लागेको बताउँदै आफूहरुले उत्कृष्ट प्रस्तति दिने बताइन् । फिल्ममा राजकुमार दर्जीको कोरियोग्राफ्री र भीम विकको सम्पादन रहने छ ।

फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । करिब एक करोड रुपैयाँ लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् ।

कार्यक्रम चलचित्र पत्रकार संघ, रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता र सचिव मोहन न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : ०७ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला