३ पुस २०८२, बिहिबार | December 18, 2025

दैलेखका सर्वराज खड्का कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्षमा नियुक्त



सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नारायण नगरपालिका–८ दैलेख निवासी सर्वराज खड्कालाई नियुक्त गरेको छ।

प्रदेश सरकारको बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए।

यसअघि दैलेखकै प्राडा पुण्यप्रसाद रेग्मीलाई विसं २०७५ मङ्सिर ३ गतेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो। तीन महिनाअघि उपाध्यक्ष प्राडा रेग्मीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा वीरेन्द्रनगर नगरपालिका (साविक लाटीकोईली, सुर्खेत) का झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता केसीले बताए।

त्यसैगरी सल्यानको कुमाख गाउँपालिकाको वडा सङ्ख्या र सिमाना तथा दैलेख भगवतीमाई गाउँपालिकाको वडा सङ्ख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकारसमक्ष स्वीकृतिका लागि पठाउने निर्णय उक्त बैठकले गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेश सुरक्षा मापदण्ड–२०७७, कर्णाली प्रदेश सुरक्षा रणनीति–२०७७ र शान्ति अध्ययन तथा घाइते अपाङ्ग पुनस्र्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री केसीले बताए।

उनका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा बैठकमा कर्णाली प्रदेश पर्यटन गुरुयोजना स्वीकृत गर्ने निर्णय गरिएको छ। रासस

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : २४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन