२ श्रावण २०८३, शनिबार | July 18, 2026

कोरोना संक्रमणबाट नेपाल बाहिर पछिल्लो एक सातामा ६ जनाको मृत्यु



लण्डन । कोभिड–१९ का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ सय ९९ पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना र यूकेमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार सााझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । यो कुल संक्रमितमध्येको ९१ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । तीमध्ये २ लाख ३० हजार ७ सय २३ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९२ दशमलव ५ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ४ सय ५४ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  २ : २१ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल