२० बैशाख २०८१, बिहिबार | May 2, 2024

एकैदिन २९ कोरोना संक्रमितको मृत्यु, १४७४ संक्रमित थपिए



काठमाडौं । नेपालका सोमबार कोरोना भाइरसका २९ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार देशभर २९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यो मृत्यु एकैदिनमा सबैभन्दा धेरै मृत्यु हो । यससँगै नेपालमा कोरोनाबाट हुने मृत्यु दर पनि बढ्दै गएको छ ।

मन्त्रालयका अनुसार सोमबार थप १ हजार ४७४ जना संक्रमित थपिएका छन् । हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । जसमध्ये २ लाख १४ हजार ५२१ जना संक्रमित निको भैसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९३१ जना डिस्चार्ज भएका छन् ।

यसैगरी मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १ हजार ५०८ जनाको मृत्यु भएको छ । १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् भने ५३५ जना अझै पनि विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : ३३ बजे

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार