२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्धारा बार्षिक कार्यक्रम सार्वजनिक



बुटवल । लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले आर्थिक बर्ष २०७७/७८ मा गर्ने कार्यक्रमहरुको विषयमा सार्वजनिक करण गरेको छ ।

बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले चालु आर्थिक बर्षमा ५ करोड, २७ लाख ६५ हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख तुलसीराम भण्डारीको अध्यक्षता र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सचिव डा. स्थानिय तहमा आवश्यकता अनुसारको विषयमा किसानमैत्री कार्यक्रम ल्याउदा बढि भन्दा बढि प्रभावकारी हुने बताएका थिए ।

उनले किसानहरुको माग र आवश्यकता अनुसार कार्यक्रम ल्याएमा बढि भन्दा बढि प्रभावकारी हुने भन्दै यसैमा जोड दिनुपर्ने बताए । प्रदेशका मन्त्रालय तथा निर्देशनालयहरु कार्यक्रम बढि भन्दा बढि राख्ने भन्दा पनि स्थानिय तहमा बढि भन्दा बढि कार्यक्रम राख्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै विशिष्ठ आतिथि कृषि विकास निर्देशनालयका प्रमुख निर्देशक याम नारायण देवकोटाले प्रदेश सरकारले किसान मैत्री कार्यक्रम ल्याउदै आएको भन्दै निर्देशनालयहरुले बढि भन्दा बढि मुल्यांकन, अनुगमन लगायतको विषयमा ध्यान दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक तुलसीराम भण्डारीले प्रदेशमा खोरेत रोग उन्मुलनको लागि विशेष कार्य गर्न लागिएको जानकारी दिए । यसको लागि १२ लाख भ्याक्सिन ल्याउने तयारी गरिएको भन्दै तराईका ६ जिल्लामा खोरेतको भ्याक्सिन लगाउने तयारी गरिएको जानकारी दिए ।

कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, बाख्रा पालक किसान संघ रुपन्देहीका अध्यक्ष प्रेम सागर पौडेल, मत्स्य विकास अधिकृत रेम बहादुर थापा, पशु चिकित्सक सुक बहादुर नेपाली लागयतले आ आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : १० बजे

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस

“ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्छ “

काठमाडौं । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी

प्रधानमन्त्रीको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नाम दुरुपयोग गर्दै सरकारी कर्मचारीलाई

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा