३ पुस २०८२, बिहिबार | December 18, 2025

लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्धारा बार्षिक कार्यक्रम सार्वजनिक



बुटवल । लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले आर्थिक बर्ष २०७७/७८ मा गर्ने कार्यक्रमहरुको विषयमा सार्वजनिक करण गरेको छ ।

बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले चालु आर्थिक बर्षमा ५ करोड, २७ लाख ६५ हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख तुलसीराम भण्डारीको अध्यक्षता र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सचिव डा. स्थानिय तहमा आवश्यकता अनुसारको विषयमा किसानमैत्री कार्यक्रम ल्याउदा बढि भन्दा बढि प्रभावकारी हुने बताएका थिए ।

उनले किसानहरुको माग र आवश्यकता अनुसार कार्यक्रम ल्याएमा बढि भन्दा बढि प्रभावकारी हुने भन्दै यसैमा जोड दिनुपर्ने बताए । प्रदेशका मन्त्रालय तथा निर्देशनालयहरु कार्यक्रम बढि भन्दा बढि राख्ने भन्दा पनि स्थानिय तहमा बढि भन्दा बढि कार्यक्रम राख्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै विशिष्ठ आतिथि कृषि विकास निर्देशनालयका प्रमुख निर्देशक याम नारायण देवकोटाले प्रदेश सरकारले किसान मैत्री कार्यक्रम ल्याउदै आएको भन्दै निर्देशनालयहरुले बढि भन्दा बढि मुल्यांकन, अनुगमन लगायतको विषयमा ध्यान दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक तुलसीराम भण्डारीले प्रदेशमा खोरेत रोग उन्मुलनको लागि विशेष कार्य गर्न लागिएको जानकारी दिए । यसको लागि १२ लाख भ्याक्सिन ल्याउने तयारी गरिएको भन्दै तराईका ६ जिल्लामा खोरेतको भ्याक्सिन लगाउने तयारी गरिएको जानकारी दिए ।

कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, बाख्रा पालक किसान संघ रुपन्देहीका अध्यक्ष प्रेम सागर पौडेल, मत्स्य विकास अधिकृत रेम बहादुर थापा, पशु चिकित्सक सुक बहादुर नेपाली लागयतले आ आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : १० बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन