२० मंसिर २०८२, शनिबार | December 6, 2025

पशुपति आर्यघाटमा कम दाउरा खपत हुने आधुनिक शवदाह गृह सञ्चालन



काठमाडौं । बिद्युतिय शवदाह गृह र परम्परागत दाहसंस्कारबाट मृतकको अन्त्येष्टी गरिँदै आएको पशुपती क्षेत्रमा दाउराबाट चल्ने आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ ।

एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदुशण रहित शवदाह गृह आज (बुधबार) देखि सञ्चालनमा आएको हो ।

बुधबार बैंकले एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । यससँगै आजैदेखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदुशणलाई पनि कमगर्ने भएकाले आधुनिक शवदाह गृह पशुपती क्षेत्रका लागि महत्वपूर्ण हुने बताए ।

आधुनिक शवदाह गृहले हिन्दुहरुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक करिब ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरिएको बताएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताउनुभयो । यस्तै एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ११ : ५२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय