१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अन्तरिक्ष अभियानमा चीनलाई ठूलो सफलता, ‘चाङ ई-५’ चन्द्र सतहमा अतवरण, ढुंगामाटो पृथ्वीमा पठाउँदै



चिनियाँ अन्तरिक्ष यान चाङ ई–५ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको छ । यो अन्तरिक्ष यानले चन्द्रमाको सतहबाट २ किलो माटो पृथ्वीमा ल्याउने छ ।

अन्तराष्ट्रिय स्पेश मिशनको इतिहासमा ४४ वर्ष पछि कुनै पनि मुलुकको अन्तरिक्ष यान चन्द्रमाको सतह आफ्नो अन्तरिक्ष यानले चन्द्रमाको माटो पृथ्वीमा ल्याउन लागेको पहिलो पटक हो । यसअघि सोभियत संघको लुना–२४ ले २०० ग्राम माटो अनुसन्धानका लागि पृथ्वीमा ल्याएको थियो ।

यससँगै चीनले अन्तराष्ट्रिय अन्तरिक्ष अभियानमा अभूतपूर्व सफलता हासिल गरेको छ । अमेरिकासँग व्यापारदेखि प्रविधियुद्धको अवस्थामा रहेको चीनका लागि यो चन्द्र मिशन निकै ठूलो सफलता मानिएको छ ।

रोबोटिक मुन मिशन चाङ ई-५ निर्धारित चन्द्रमाको निर्धारित सतह नजिकै अवतरण गरेको थियो । केही दिनसम्म चन्द्रमाको अध्ययन गरी यो अन्तरिक्ष यानले चन्द्रमाको ढुंगामाटोलाई संकलन गरेर पृथ्वीमा पठाउनेछ । संकलन गरिएको ढुंगामाटोलाई आर्बिटिक मिशनमा पुर्याउनेछ जहाँबाट पृथ्वीमा पठाइनेछ ।

यो मिशनको मान्स रुमकेरमा अवतरण गर्नुथियो । जो चन्द्रमाको ज्वालामुखी पहाडको नजिकै रहेको छ ।

चाङ ई-५ को ल्याण्डरमा क्यामेरा, राडार एवं ड्रिल र स्पेक्ट्रोमिटर फिट गरिएको छ ।

चिनियाँ स्पेस एजेन्सीका अनुसार चाङ ई ५ स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा चन्द्रमामा अवतरण गरेको थियो ।

अमेरिकी स्पेस एजेन्सी नासाले चिनिया स्पेस एजेन्सीलाई चन्द्रमा मिसशन पुरा भएकोमा बधाई दिएको छ । नासाका वरिष्ठ अधिकारी डा. थम्सन जरबुचेनले अन्तराष्ट्रिय स्तरमा गरिने चन्द्रमाको अनुसन्धाकर्ताहरुलाई पृथ्वीमा ल्याइएको नमुनाको विश्लेषण गर्ने मौका मिल्ने अपेक्षा गरेका छन् । उनले चन्द्रमाको सतहको ढुंगा माटोको अध्ययनबाट अन्तराष्ट्रिय विज्ञान समुदायलाई फाइदा मिल्ने बताएका छन् ।

८.२ टनको चाङ ई-५ लाई एक अन्तरिक्ष यानको माध्यमबाट गत २४ नोभेम्बरमा दक्षिण चीनको वेनचाङ स्पेस स्टेशनबाट प्रक्षेपण गरिएको थियो ।

केही दिन पहिले यो मिशन चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो र यसले आफुलाई चन्द्रकक्षमा स्थापित गरेको थियो । त्यसपछि चन्द्रमाको चक्कर लगाइसकेपछि यो दुई टुक्रामा विभाजत भएको थियो । पहिलो सर्विस भेहिकल एवं रिटर्न मोड्युल चन्द्रमाको कक्षमै रोकिएको थियो भने दोस्रो ल्याण्डर विस्तारै विस्तारै चन्द्रमाको सतहतर्फ अघि बढेको थियो ।

चाङ ई ५ मिशन पहिला चीनले अन्य दुई चन्द्र मिशन पठाइसकेको छ । सन २०१३ मा चाङ ई-३ र सन् २०१९ मा चाङ ई-४ मिसन पठाएको थियो । दुवै मिशनमा एक ल्याण्डरको साथसाथ सानो मुन रोभर सामेल गरिएको थियो ।

अहिलेसम्म चन्द्र मिशनमा अमेरिकी अपोलो अन्तरिक्ष यानबाट चन्द्रमामा गएका अन्तरिक्ष यात्रीहरु र सोभियत संघको रोबोटिक लुना कार्यक्रमले चन्द्रमाको सतहबाट करिब ४०० किलोसम्म ढुंगामाटो जम्मा गरेका छन् । तर अधिकांश मिशन भने अन्तरिक्ष यात्रीको रहेको थियो ।
चन्द्रमाबाट संकलन गरिएका सबै नमुना करिब ३ अर्ब वर्ष पुरानो हुन् ।

मान्स रुमकेरबाट ल्याइने ढुंगामाटाको नमुनाको उमेर १.२ देखि १.३ अर्ब वर्ष पुराना रहेको मानिएको छ । यसबाट चन्द्रमाको भूवैज्ञानिक इतिहासको बारेमा निकै जानकारी मिल्न सक्नेछ् ।

यी नमुनाको मद्दतबाट वैज्ञानिकहरुलाई सटिक रुपले क्रोनोमिटर तयार गर्न पनि मद्दत मिल्नेछ जसबाट सौर्यमण्डलका ग्रहको सतहको उमेरको अनुमान गरिन्छ ।

यो कुनै ग्रह या उपग्रहको सतहमा रहेको ज्वालामुखीको संख्यामा निर्भर गर्दछ । वैज्ञानिकहरुका अनुसार जुन ग्रहको सतहमा अत्याधिक ज्वालामुखी हुन्छ त्यो निकै पुरानो हुन्छ । अर्थात उसको उमेर पनि निकै बढी हुन्छ । यद्यपी यसका लागि फरक फरक स्थानको अध्ययन गर्नु जरुरी हुन्छ ।

अपलो र लुना मिशनले पठाएको नमुनाबाट क्रोनोमिटर तयार गर्नमा वैज्ञानिकहरुलाई निकै मद्दत मिलेको थियो । अब चाङ ई-५ मिशनले पठाउने नमुनाबाट अझ सटिक रुपले क्रोनोमिटरलाई विकसित गर्न मद्दत मिल्नेछ ।

चीनका अनुसार चन्द्र सतहबाट नमुना संकलनको काम केही दिनसम्म जारी रहनेछ । यी नमुनालाई चन्द्र कक्षमा पहिल्यै स्टयाण्डवाई रहेको सर्भिस भेहिकल एवं रिटर्न मोड्युलसम्म पठाइनेछ ।

योजना अनुसार रिटर्न मोड्युल मंगोलियाको भित्री इलाकास्थित सिजिवाङ गे घाँसे मैदानमा ल्याण्ड गर्नेछ । यसैबाट चिनियाँ अन्तरिक्षयात्रीहरु पनि पृथ्वीमा फर्किनेछन् ।

युरोपीय अन्तरिक्ष एजेन्सीमा ह्युमन एण्ड रोबोटिक एक्सप्लोरेशनका विज्ञान समन्वयकर्ता डा. जेम्स कार्पेन्टरका अनुसार चाङ ई ५ मिशन निकै जटिल मिशन हो ।

उनी भन्छन्, ‘मलाई लाग्छ कि उसले जे गरिरहेको छ निकै शानदार काम गरेको छ । उनले चाङ ई को पहिलो मिशनदेखि अहिलेसम्म सुनियोजित तरिकाले एक पछि अर्को कदम उठाइएको छ र अन्तरिक्षको खोजसँग जोडिएको आफ्नो कैयौ बहादुरीलाई पनि बढाएको छ ।’

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : ०४ बजे

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

काठमाडौं । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका