३ चैत्र २०८२, मंगलबार | March 18, 2026

हुम्लामा जीप दुर्घटना : ४ जनाको मृत्यु, ७ जना घाइते



हुम्ला । हुम्लाको सिमकोट गाउपाँलिका-७ डाडाफयामा बोलेरो जीप दुर्घटना हुदा चारजनाको मृत्यु भएको छ, भने सातजना घाइते भएका छन् ।

शुक्रबार राती लु २ च २१०२ नम्बरको बलेरो जीप हेप्काखोलाबाट बिरामी लिएर सिमकोट आउनेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक सिताराम बिष्टले दुर्घटनामा परि मृत्यु हुनेमा एक महिला र तीनजना पुरुषको मृत्यु भएको बताए । मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ ।

दुर्घटनामा परी एक बालकसतित सात जना घाइते भएका छन् । बिष्टका अनुसार घाईते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट-६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट-८ खोल्सिकी कल्पना सिंह, सिमकोट-८ खाल्सिका-१ बर्षे बालक मिलन सिंह, सिमकोट-८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका वडा-१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् ।

घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । बलेरो जीप सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । दुर्घटनाको बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ४६ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड