२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कोरोना संक्रमणबाट नेकपा नेता एवं पूर्वराजदूत कमान सिंह लामाको निधन



काठमाडौं । कोरोना संक्रमणबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व सांसद एवं दक्षिण कोरियाका लागि पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ ।

पछिल्लो समय लामालाई कोरोना संक्रमण भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको गएराति निधन भएको काभ्रेका सांसद गंगा बहादुर तामाङले जानकारी दिए ।

सुगर र प्रेसरको बिरामी समेत रहेका पूर्वराजदूत लामाले फेसबुकमार्फत आफूलाई कोरोना लागेको भन्दै अस्पताल भर्ना भएको फोटो फेसबुकमा पोष्ट गरेका थिए ।

काभ्रेको चौरीदेउराली गाउँपालिका घर भएका लामा २०४८ र २०६३ मा सांसद भएका थिए ।

दक्षिण कोरियामा राजदूत भएर फर्किएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिमा सक्रिय थिए । उनी नेकपाका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ७ : ०२ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ