२५ श्रावण २०८३, सोमबार | August 11, 2026

कोरोना संक्रमणबाट नेकपा नेता एवं पूर्वराजदूत कमान सिंह लामाको निधन



काठमाडौं । कोरोना संक्रमणबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व सांसद एवं दक्षिण कोरियाका लागि पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ ।

पछिल्लो समय लामालाई कोरोना संक्रमण भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको गएराति निधन भएको काभ्रेका सांसद गंगा बहादुर तामाङले जानकारी दिए ।

सुगर र प्रेसरको बिरामी समेत रहेका पूर्वराजदूत लामाले फेसबुकमार्फत आफूलाई कोरोना लागेको भन्दै अस्पताल भर्ना भएको फोटो फेसबुकमा पोष्ट गरेका थिए ।

काभ्रेको चौरीदेउराली गाउँपालिका घर भएका लामा २०४८ र २०६३ मा सांसद भएका थिए ।

दक्षिण कोरियामा राजदूत भएर फर्किएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिमा सक्रिय थिए । उनी नेकपाका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ७ : ०२ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय