४ चैत्र २०८२, बुधबार | March 18, 2026

जग्गाको मालिक जनतालाई बनाउन प्रतिबद्ध छौँ : खानेपानीमन्त्री मगर



कञ्चनपुर । खानेपानीमन्त्री बीना मगरले भोगचलन गर्दै आएको तरस्वामित्व नपाएको जग्गाको मालिक जनतालाई बनाउनका लागि काम अगाडि बढाइएको बताएकी छिन् ।

बिहीबार बेलडाँडी गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले चुनावमा गरिएको प्रतिबद्धताअनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन लागिएको बताइन् ।

वर्षौंदेखि थाति रहेको आरक्ष विस्थापित परिवारको पुनःस्थापनको कार्य अगाडि बढाउनका लागि पहल भइरहेको उनले बताइन् । “आरक्ष विस्तारका क्रममा सयौँ परिवार विस्थापनमा परेका छन् यसबारे जानकार छु”, उनले भनिन्, “यस समस्यालाई गम्भीरतापूर्वक लिएको छु ।”

जिल्लाको विकासका लागि कटिबद्ध रहेको धारणा अघि सार्दै उनले विकासका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको बताइन् । रासस

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : १७ बजे

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा