२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात



काठमाडौं । हाल दक्षिणपूर्वी अरेबीयन सागरमा विकसित न्युन चापीय प्रणालीको आंशिक प्रभाव देशभरको मौसममा परेको छ ।

हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।

त्यस्तै देशका बाँकी भू-भागको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात हुने सम्भावना रहेको छ । त्यस्तै प्रदेश १ को पहाडी भू-भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । त्यस्तै हिमाली भू-भागमा हल्कादेखि मध्यम रुपमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ३४ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो