२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

चितवनमा जीप दुर्घटना, दुईको मृत्यु



चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना ४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको नाम थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । अहिले घाइतेको उद्धार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ । उनका अनुसार सो बलेरो जीप अनियन्त्रित भई सडक छेउमा रहेको विद्युतको खम्बामा ठोक्किएका थिए ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगी घटनाबारे थप जानकारी लिने काम भइरहेको प्रवक्ता थापाले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १२ : ३७ बजे

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा

पर्यटकको रोजाइमा अन्नपूर्ण-धौलागिरि पदमार्ग

म्याग्दी । म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग

व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

कर्णाली । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दो‍स्रो संस्करणको पहिलो क्वालिफायरमा