काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरसको संक्रमण भएको छ।
शुक्रबार गरिएको पीसीआर परीक्षणमा नेता सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
सिटौलाले फेसबुकमार्फत आफुलाई कोरोना लागेको जनाउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत बन्न आग्रह गरेका छन् ।
सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया