२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बुटवलमा नेबिसंघको सिट्ठी जुलुस, सरकारलाई सडकबाटै तह लगाउने चेतावनी



बुटवल । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आह्वान गरेको देशब्यापी बिरोध प्रदर्शनको पूर्व सन्ध्यामा बुटवलमा नेपाल विद्यार्थी संघले सरकार विरुद्ध सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रिय उपसभापति मुक्तिराज पौडेलको नेतृत्वमा निस्केको नेबिसंघको सिट्ठी जुलुस बुटवलको राजमार्ग चौराहाबाट सुरु भएर मिलनचोक पुगेर समापन गरिएको थियो ।

मंसिर २९ गतेको विरोधसभा सफल पारौं ,सरकारका गलत कामको बिरोध गरौँ भन्ने नारा लेखिएका प्लेकार्ड सहित बिद्यार्थी र युवाहरु सिट्ठी जुलुसमा सहभागी भएका थिए ।

भोलि कांग्रेसले सरकारविरुद्ध देशैभर प्रदर्शन गर्दैछ । प्रदर्शनलाई सफल बनाउन प्रचारात्मक जुलुस निकालिएको नेबिसंघ उपसभापति पौडेलले बताए । कोरोना महामारीका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको र सरकारका कारण संघीय लोकतान्त्रिक गणतन्त्र समेत संकटमा परेको भन्दै पौडेलले सरकारलाई जनताले सडकबाटै तह लगाउने चेतावनी दिए ।

 

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : ४८ बजे

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ