२४ असार २०८३, बुधबार | July 8, 2026

भूमि सम्बन्धी समस्या समाधान गर्न लुम्बिनी प्रदेशका ३३ पालिका र आयोग बीच कार्यसम्झौता



बुटवल । भूमि सम्बन्धी समस्याहरुलाई स्थायीरुपमा समाधान गर्न भन्दै भूमि सम्बन्धी समस्या समाधान आयोगले लुम्बिनी प्रदेशमा स्थानीय पालिकाहरुसँग कार्यसम्झौता गरेको छ । लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा आईतबार एक कार्यक्रमका बीच आयोगले बुटवल उपमहानगरपालिका सहित ३३ वटा पालिकाहरूसँग कार्यसम्झौता गरेको हो ।

लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल र आयोगका अध्यक्ष देवी ज्ञवालीको उपस्थितिमा प्रदेशका ३३ पालिकासँग कार्यसम्झौता भएको हो ।

आयोगका तर्फबाट उपसचिव राजेन्द्रबहादुर अर्याल र सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुखको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतले कार्यसम्झौतामा हस्ताक्षर गरेका छन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले लुम्बिनी प्रदेशका तराईका छ जिल्लाका तीन उपमहानगरपालिका, १७ नगरपालिका र १३ गाउँपालिकासंग कार्यसम्झौता गरेको आयोगका विज्ञ जगत देउजाले जानकारी दिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : ४० बजे

फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि

कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा प्रवेश

काठमाडौं । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा

देशभर मनसुन सक्रिय, आज भारी वर्षा र हुरीबतासको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट