१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भूमि सम्बन्धी समस्या समाधान गर्न लुम्बिनी प्रदेशका ३३ पालिका र आयोग बीच कार्यसम्झौता



बुटवल । भूमि सम्बन्धी समस्याहरुलाई स्थायीरुपमा समाधान गर्न भन्दै भूमि सम्बन्धी समस्या समाधान आयोगले लुम्बिनी प्रदेशमा स्थानीय पालिकाहरुसँग कार्यसम्झौता गरेको छ । लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा आईतबार एक कार्यक्रमका बीच आयोगले बुटवल उपमहानगरपालिका सहित ३३ वटा पालिकाहरूसँग कार्यसम्झौता गरेको हो ।

लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल र आयोगका अध्यक्ष देवी ज्ञवालीको उपस्थितिमा प्रदेशका ३३ पालिकासँग कार्यसम्झौता भएको हो ।

आयोगका तर्फबाट उपसचिव राजेन्द्रबहादुर अर्याल र सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुखको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतले कार्यसम्झौतामा हस्ताक्षर गरेका छन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले लुम्बिनी प्रदेशका तराईका छ जिल्लाका तीन उपमहानगरपालिका, १७ नगरपालिका र १३ गाउँपालिकासंग कार्यसम्झौता गरेको आयोगका विज्ञ जगत देउजाले जानकारी दिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : ४० बजे

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका