२४ बैशाख २०८१, सोमबार | May 6, 2024

संवैधानिक परिषद बैठकमा कांग्रेस सभापति देउवा सहभागी नहुने



काठमाडौं । सरकारले एकपक्षियरुपमा अध्यादेश मार्फत संवैधानीक नियुक्त गर्न अग्रसर भएपछि आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा  नजाने भएका छन्।

मंगलबार बिहान बसेको परिषदको बैठकमा प्रतिनिधिसभाका सभामुख उपस्थित नभएका कारण गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो। बैठक साँझ पुनः बस्ने भनिए पनि सरकारले दिउँसो परिषदसम्बन्धी अध्यादेश ल्याएपछि साँझको बैठकमा कांग्रेस सहभागी नहुने भएको हो। ppयस अघि देउवा र प्रधानमन्त्री ओलीका बीच केहि पदहरु बाँडफँटका बिषयमा भद्र सहमती भएका आधारमा देउवा बैठकमा सहभागी हुन मन्जुर भएका थिए । तर एकाएक उपस्थित संख्याको बहुमतका आधारमा निर्णय गर्न सकिने भन्दै बिपक्षीलाई पेल्न मिल्ने गरि अध्यादेश जारी गरिएपछि देउवा बैठकमा उपस्थित नहुने भएका हुन् ।

सभापति एवं दलका नेता देउवा संवैधानिक परिषद बैठकमा सहभागी नहुने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले अध्यादेश ल्याउनु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै त्यस्तो कार्यमा काग्रेसको साथ नहुने बताए।

कांग्रेसले संसद बैठक माग गरिरहेको बेला र संवैधानीकरुपमा पनि पुस १८ सम्ममा संसद बस्नै पर्ने अवस्थामा ल्याएको अध्यादेश कांग्रेसलाई अस्वीकार्य हुने उनले बताए।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : ४४ बजे

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु