२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रधानमन्त्री ओलीको संदेश बोकेर प्रचण्ड भेट्न शंकर पोखरेल पुगे खुमलटार



काठमाडौं। अध्यादेश प्रकरणले विवाद चर्किएका बेला  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अध्यक्ष प्रचण्डलाई भेट्न विहानै खुमलटार पुगेका छन्। पार्टीमा छलफल नै नगरी प्रधानमन्त्री केपी ओलीले अध्यादेश ल्याएपछि पार्टीभित्रको आन्तरिक किचलो थप बढ्ने संकेत देखिएका बेला नेता शंकर पोखरेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शबिनै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि आजको बैठक थप पेचिलो बन्ने देखिएको छ । प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन् । यसैबीच ओलीको सन्देश बोकेर नेता शंकर पोखरेल खुमलटार पुगेको स्रोतले बताएको छ ।

यस्तै आज बुधबार बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न निर्देशन दिने तयारी नेताहरुले गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ।

खासगरी प्रचण्ड (नेपाल पक्ष नेता तथा प्रमुख प्रतिपक्ष दल कांग्रेसले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गरेका छन्। ओलीले सहमति र छलफलबिनै अध्यादेश ल्याउपछि नेकपामा विवाद थप बढ्ने संकेत देखिएको छ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : १४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ