८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रधानमन्त्री ओलीको संदेश बोकेर प्रचण्ड भेट्न शंकर पोखरेल पुगे खुमलटार



काठमाडौं। अध्यादेश प्रकरणले विवाद चर्किएका बेला  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अध्यक्ष प्रचण्डलाई भेट्न विहानै खुमलटार पुगेका छन्। पार्टीमा छलफल नै नगरी प्रधानमन्त्री केपी ओलीले अध्यादेश ल्याएपछि पार्टीभित्रको आन्तरिक किचलो थप बढ्ने संकेत देखिएका बेला नेता शंकर पोखरेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शबिनै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि आजको बैठक थप पेचिलो बन्ने देखिएको छ । प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन् । यसैबीच ओलीको सन्देश बोकेर नेता शंकर पोखरेल खुमलटार पुगेको स्रोतले बताएको छ ।

यस्तै आज बुधबार बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न निर्देशन दिने तयारी नेताहरुले गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ।

खासगरी प्रचण्ड (नेपाल पक्ष नेता तथा प्रमुख प्रतिपक्ष दल कांग्रेसले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गरेका छन्। ओलीले सहमति र छलफलबिनै अध्यादेश ल्याउपछि नेकपामा विवाद थप बढ्ने संकेत देखिएको छ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : १४ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु