२० बैशाख २०८३, आइतबार | May 3, 2026

हनुमानढोका दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षण गरिँदै



काठमाडौं । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले वसन्तपुर दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि नित्य पूजा चलाउन समस्या भएका १० मन्दिरलाई सहयोग गर्ने भएको छ ।

दरबार क्षेत्रअन्तर्गतका मन्दिरमा नित्य पूजाका लागि गुठी संस्थानले दिँदै आएको खर्च अपुग भइ पूजा विधिलगायत अमूर्त संस्कृति लोप हुने खतरा बढेपछि समितिको हालैको बैठकले १० वटा मन्दिरलाई मासिक रु दुई हजार ५ सय सहयोग गर्ने निर्णय गरेको कार्यकारी निर्देशक सन्दीप खनालले जानकारी दिए ।

संस्थानले दिने खर्च पहिले पर्याप्त भए पनि महङ्गी बढेसँगै अपुग भइ नित्य पूजा चलाउन पनि असहज भएको गुनासो आउन थालेपछि समितिले यस्तो निर्णय गरेको हो । संस्थानले ५० वर्षभन्दा अघिदेखिको पूजा खर्चलाई अझै पुनरावलोकन गरेको छैन ।

हनुमानढोका दरबारमा पहिलेको राजप्रसाद सेवाअन्तर्गत मूल पुजारीको दरबन्दी थियो । राजतन्त्रको अन्त्य भएसँगै ती पुजारीको दरबन्दी समितिमै मिलान गरिएको छ । दरबार क्षेत्रका केही मन्दिरमा शार्दूलजङ्ग गुल्ममा रहेका नेपाली सेनाका पण्डितले पूजा गर्ने परम्परा छ ।

अन्य मन्दिरमा भने संस्थानले दिएको खर्चमा प्राचीनकालदेखि तोकिएका पुजारीका परिवारले पूजा आराधना गर्दै आएका छन् । पुजारीलाई पूजा खर्चसमेत चलाउने गरी थोरै सहयोग दिने गरेकाले पूजा चलाउन मुस्किल हुन थालेको गुनासो बढ्न थालेको छ ।

आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्ने वसन्तपुर दरबार क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदा पनि आकर्षणको केन्द्र बन्ने गरेको छ । बाह्य पर्यटकलाई हनुमानढोका दरबार क्षेत्र प्रवेश गर्दा रु एक हजारको टिकट काटिन्छ ।

यो शुल्क काठमाडौं महानगरपालिकाअन्तर्गतको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले उठाउँदै आएको छ । सङ्ग्रहालय प्रवेश गर्ने आन्तरिक पर्यटकको शुल्क भने हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले उठाउने गरेको छ । सङ्ग्रहालय प्रवेश गर्ने विद्यार्थीसँग रु १५ र प्रौढसँग रु ३० उठाउने गरिएको छ ।

हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा खर्च अभावका कारण नित्य पूजा चलाउन नै मुस्किल हुन थालेपछि यहाँका पुजारी पनि सङ्गठन बनाएर सङ्गठित हुन थालेका थिए । इन्द्रमान श्रेष्ठको अध्यक्षतामा हनुमानढोका मठ मन्दिर पुजारी समिति गठन गरी यहाँका अमूर्त सांस्कृतिक सम्पदा भावी पुस्तासम्म कसरी हस्तान्तरण गर्ने भनी काम शुरु भएको उपाध्यक्ष वासुदेव भट्टले बताए। रासस

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : ३२ बजे

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ