३१ भदौ २०८३, बुधबार | September 16, 2026

नेकपाका दुवै समूहको बैठक आज बस्दै



काठमाडौं । दुई टुक्रा बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली समूहको बैठक बालुवाटारमा बस्नेछ । ओली पक्षको मंगलबारको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्ता परिवर्तन गरेको थियो ।

त्यस्तै पार्टीको महाधिवेशन अर्को वर्ष मंसिरमा आयोजना गर्ने गरी ५ सय ५६ केन्द्रीय सदस्यहरु मनोनित गरी महाधिवेशन आयोजक समिति बनाइएको थियो ।

कार्की बैंक्वेट बबरमहलमा बस्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल पक्षको बैठकले दुई अध्यक्षको वरीयता तोक्ने गरी छलफल र निर्णय हुने अपेक्षा गरिएको छ ।

प्रचण्ड-माधव पक्षको मंगलबारको बैठकले पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाएर माधव नेपाललाई नियुक्त गरेको थियो । आजको बैठकले पार्टी बैठक आलोपालो गरी सन्चालन गर्ने र अरु पदाधिकारी चयन गर्नेबारे छलफल हुने बताइएको छ ।

आ-आफ्नो आधिकारिकता र चुनाव चिह्न सूर्यमा दावी गर्दै दुवै पक्षले यसअघि नै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । केन्द्रीय समितिमा ओली अल्पमतमा छन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ७ : ५७ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।