निमीलित

कथा
गणेशबहादुर जीसी
११ पुष २०७७, शनिबार

मेरो रङ्गिन बाल्यकाल । स्कूल छुट्टीको दिनमा हामी ज्यामिर खोलीमा, एकापसमा बाल जलक्रीडाको आनन्द विनिमय गरिरहेका थियौं,प्रकृतिसंग ।। एकदिन, ढकने गाउँबाट टुँ.उँ ऊँ..गर्दै उल्टो शंङखध्वनी र टिनिकुटी टिनिकुटी गर्दै दमाहाको पछिपछि “बाटा”े भनिने काठमा सेतो कपडा हल्लाउदै राम नाम लेखेको पहेँलो पिताम्बरले ओढाएको लास आइपुग्यो, थोरै मलामीका साथ । उही ज्यामिरखोलीमा दाह संस्कार गर्ने गरी ।

अरु अभिजातहरुको भए त्यही सेतो कपडाको एक फुट जति चौडा, सय,पचास हात भन्दा यथाशक्ति लामो बाटो अघि लाएर आउँथ्यो होला दुई चार सय मलामीका साथ, शिरस्थानमा ज्वालाजीको ज्वालाले जलाउने गरी । तर त्यो लास लोग्ने घर नभएकी, दलित भएकीले उनको अन्तिम कर्म नजिकैको ज्यामिर खोलीमै हुने भएछ । साथमा त्यस्तै अन्दाजी बाह्र तेह्र बर्षको केटो पनि थियो । शायद त्यो बालकृयापुत्र थियो । हामी सबै खेल्दा खेल्दै स्तब्ध भयौँ । डरले थर्ररर पनि भयौँ । लास कस्को रहेछ भन्ने कुरामा हामी अनभिज्ञ थियौं । जिज्ञासा राख्ने साहस पनि नभएर हामी आ आफनो लुगा समातेर हत्तपत्त आफनो बाटो लाग्यौं । किनकी मरेको मान्छे भूत भएर केटाकेटीलाई तर्साउँन आउछ भन्ने त्रास हाम्रा अग्रजहरुले हाम्रो कानमा बेलाबेलामा घुसाएका थिए, त्यसैले ।

गणेशबहादुर जीसी

भोलीपल्ट एककान दुईकान हुदै मैदानभरि छरिएको खबरबाट थाहा भयो कि, त्यो लास नाउली गाउँकी झुम्की सुनार्नीको रहेछ । त्यो केटो तिनै झुम्कीको छोरो रहेछ, आमाको कोरा उठाउन हिडाएर ल्याएको,हिन्दु संस्कृतिको उपज । छोरा भएको नाताले जवानी भएर अरु सहयोग गर्न नपाए पनि आमाको अन्त्येष्टी कृया अबोध बाल्यकालमै गर्न विवश थियो,ऊ ।

एक छोराकी आमा भर्खरकी थिइन उनी । त्यस्तै बाइस तेइस बर्षकी तरुणी । खनी,खोस्री छ सात महिना खान पुग्ने जमिन । उनको लोग्ने जगतबहादुर । पैसा कमाउँला, जग्गा जोडौंला, स्वास्नी र छोरालाई खुशीको विमान चढाउँला भन्ने अनन्त कल्पनाको आकासमा उडेर भारत प्रवास छिरेका थिए । त्यसपछि बच्चादेखि लिएर सारा गृहस्थी, जीवनवृत्तिको सारा भारी (खेतिपाती र पशुपालन) थाप्लोमा बोकेर हिडिरहेकी थिइन, झुम्की । पुख्र्यौली बिरासत सुन व्यवसाय जगतका बाबुको पालादेखि नै एकादेशको कहानी भैसकेको थियो । प्रभातको पहिलो विहानीको रातो सूर्य नफुल्दै ब्रह्म मुहुर्त देखि बेलुकीको रातो सूर्य गैसकेको धेरै बेरपछि, रात्रीको निर्जन गहिराइसम्म गृहस्थीमा डुब्नु उनको दैनन्दिन नियति थियो । ००००

लालबहादुर शाही । खानदानी जिमुवाल खलकको नामले गाउँमा उसको हुरी बतास,ताण्डव नृत्य खुबै थियो । धाक– धक्कु वर्तमान भए पनि वैभव उसको विगत भैसकेको थियो,हिटलरको इतिहास जस्तै ।

उसको बाजे जुद्धबहादुर शाही १५–२० दराको जिम्मुवाल । दराभरिको मालपोत उठाएर आधा श्री ३ राणा सरकारका प्रतिनिधि जिल्लाको हाकिम– राणा बडाहाकिमलाई टक्राउथ्यो भने आधा आफै कुम्ल्याउँथ्यो । आफनो क्षेत्रमा भएका आवाद हुन बाँकी राम्रा राम्रा समथलका जग्गाहरु गरीखाने उत्पीडित श्रमजीवी रैतीहरुबाट फुत्काएर केही आफनो नाममा राख्थ्यो भने केही गराइखाने चाटुकारीहरुलाई बाँडेर मालपोतको रुपमा यथेष्ट पैसा असुल्थ्यो । दिनभरि उसको जमिनमा हलो कोदालो मच्चाउने गरीखाने किसान,मजदुरहरु भिर पाखामा खोरिया खनेर जिविकोपार्जन गर्थे ।

“बोल्नेलाई पेटभरि,निमुखालाई भोकमरी”। दुःखी ती निमुखा किसानहरुले दासको रुपमा जिम्मुवाल सावको काम गर्नु पर्ने बाध्यता थियो, खाली हाल । अथाह सम्पत्तिको मालिक जुद्धबहादुरलाई “जिमिनदार साव” वा “जिम्मुवाल साव” पदावलीले ससम्मान सम्बोधन गरेर नतमस्तक नभए गालो थापेर चट्कन,झप््कन,थर्कन खान तयार भए हुन्थ्यो, निमुखा,निरीह सर्वसाधारण गाउँलेहरु । अन्यथा अनिष्टको कालो बादल मडारिएपछि जे पनि हुन सक्थ्यो ।

जिल्लाका हाकिम राणा बडाहाकिमलाई“गरिप्रभु यति जग्गा हजुरको नाममा यहाँ मिलाइदियाछु, सरकार”। दश औंलाको नतमस्तक जाहेर गथ्र्यो,जिम्मुवाल जुद्धबहादुर शाही । जिम्वालको जाहेरी पढेर गदगद भएको बडाहाकिम उन्माद फुक्दै भन्थ्यो, “ल तपाइले आफू राखेको भए त्यो समेत सबै पास गर्न हाम्रा हजुरबाट अनुमोदन बक्स गरिएको छ । मालपोत पनि राम्रो उठाएकोमा हाम्रो हजुरबाट तिमीलाई प्रसंसा पत्र जारी गरिनेछ ।”भन्दै डिट्ठालाई हुकुम ग¥यो–“लौ डिटठा,यसलाई एउटा प्रसंसा पत्र बनाइदेउ,जाउ ।”
आफनो पुजारी बाउनलाई पश्चिम दिशातिर जाने साइत हेर्न लगाएर बडाहाकिमको गाउँ दौडाहामा प्रस्थान भयो, घोडा चढेर,लावा लस्कर सहित । बडाहाकिमको दौडाहा जिम्मेवारी क्षेत्रका जनजीवनको दुःख कष्ट,वस्तुस्थिति बुझन र विकास योजना बनाउन नभएर आफनो लागि जग्गाहरु हेर्ने मात्र थियो । दराका एकतर्र्फी कथित रिपोर्टहरु सम्बन्धित दराका जिम्मुवालहरु मार्फत पुग्दथे ।

सात स्वास्नीको पति त्यो सामन्त जुद्धबहादुरको देहान्तपछि उसको छोरा भूमिराजबहादुर शाहीको शासनकालमा बर्षाैंदेखि उम्लिएको जनक्रान्तिको तातो रापले डढेलो लागेपछि राणाको अत्याचारी शासन भष्म भयो । सामन्ती राजनीतिक प्रणालीमा भएको आमूल परिवर्तन पश्चात मुलुकमा भूमिसुधार र जोताधिकारको नियमले बाँधेपछि हदबन्दी र मोहियानीले गर्दा भूमिराजबहादुरको जग्गा दुइतिहाई सकिएर एकतिहाई बाँकी रह्यो । यद्यपी उसको खोक्रिएको खानदानी जिम्वाली शासकीय दारा हल्लिए पनि दम्भको पिलर उस्तै थियो । सुरा–सुन्दरी र द्युत क्रिडा भूमिराजवहादुरको जीवनको अक्षुण्ड रङ्ग लीला थियो । यसै अन्तरगत उसका ६ वटी स्वास्नी पट्टीका दुई दर्जन छोराछोरी थिए । आवश्यकता र व्ययको पहाड चुलिदो थियो । तर आयको फलदिने रुखमा भित्रभित्र धमिराले खोक्राइरहेको थियो,क्रमशः । यद्यपी उसको पालामा यनकेन प्रकारेण जिन्दगीको गाडी गुडिरहेको थियो । अमिमानको रुख ठडिएकै थियो ।
तेश्रो पुस्तामा आइपुग्दा धमिरा लाग्दै आएको त्यो खलकको वैभवको बङ्गला, नदीले धार बदलेर सुक्न लागेको खोलामाथि टङ्गिएको पुल जस्तै थियो, जहाँ सानो पानीमा शेष भुरे माछा र गँगटाहरु मात्र चल्मलाइ रहेकाहुन्छन् । पुर्खाले बनाएको र जुद्धबहादुरले थपथाप पारेको त्यो बाहिरबाट विशाल देखिने भुत बङ्गलामा भूमिराजबहादुर शाहीको जेष्ठ पुत्र लालबहादुर शाही र उसैका भाइ बहिनीहरुको परिवार सल्याङ्ग मल्याङ्ग गरेका देखिन्थे । तर जसरी उसको वैभव स्खलित भै रहेको थियो, त्यसै गरी विभिन्न पीडाहरु झेल्दै आएका, देखिने दाँतको रुपमा रहेका नोकर चाकरहरु पनि चैतन्यताको हावाले बढारिरएर उन्मुक्तिको पखेटाले उडान भरेर गैसकेका थिए, आफनै संसारमा ।।

त्यो बेला आइमाइले पेन्टी लाउने चलन थिएन । उनको भुक्क परेको नारी गुप्ताङ्गलाई निर्निमेष ट्वाल्ल परेर हेरिरह्यो,पतीत लाले शाहीले । अनि भित्ते घाँसमा चरेको घोडाले ओठ थुर्रर पारेर किल्किलाएपछि उसको एकाग्रता भङ्ग भयो । झुम्कीको होसले पनि ठाउँ छोड्यो ।

मानौं उनीहरुलाई परिवेशमा आएको स्वच्छ पर्यावरणले हक अधिकारको खोजी गर्न जुर्मु¥याएको थियो, मानव जीवनको सहअस्तित्व । त्यसैले भूपू जिम्वाल परिवारको हुकुमी शासन, खोक्रिएको गंङ्गटा जस्तो भएको थियो । शेष बचेको निमुखा घैंटे लाटो,कुले घोडा सैस थियो । जो एक पेटमा विहान बेलुकी दुई छाक हुल्न लालबहादुरको घोडा देखि लिएर गोठका घाँस खाने पशुहरु र बङ्गलाका विवेकहीन दम्भ भुक्ने नरपशुहरुको सेवामा उदयचल देखि रात्रीको निशाचलसम्म सेवारत थियो ।
अब लालेको बाँकी पुख्र्यौलीको टालो थियो,हिङ्ग थिएन । उन्माद थियो, दम्भको संस्कृति थियो, तर धन थिएन । हुकुमी गर्जन थियो, तर थर्किने प्रजाको जमात थिएन । स्खलन हुँदै बचेको शेष जमिन थियो, तर पौरख थिएन । बालुवाको राश जस्तै रेल्लिदै गएको थियो, उसको वैभवको ढिस्को ।

मानौं उसको अभिमानको पहाडमा जनताको बम ब्लास्ट भैरहेको थियो । सिङ फुक्लेको गोरु भए तापनि हुक्काई र सिगौरीबाट ऊ थाकेको थिएन । सुरा,सुन्दरीमा लुब्ध लालबहादुर एकफेरा उसको दृष्टिको तीर जहाँ गडिन्छ त्यसलाई उपयोग गरिछोड्ने उसको धृष्टता गलेको थिएन । यस्तै कुत्सित जाल फ्याकेर घरमा चारवटी जोई भित्राइसकेको उसले गाउँका तरुनीहरुप्रति वक्रदृष्टिको तीखो स्वीरो गाड्न तन्मयताका साथ लागिपर्ने नित्य दैनिकी जिवीतै थियो,उसको ।

एकदिन, तरुणी झुम्की सुनार्नी दिदी छोरालाई ख्वाइ प्याई गराई झोला बोकाएर स्कूल पु¥याएपछि टाउकोमा रातो रुमाल बाँधेर रातै घल्याक झुण्डाउँदै रातो बुलुजको अधकट्टा बाउलोबाट देखिएको हात्तिसुँडे पाखुरीले काफल टिपीरहेकी थिइन्, आफनै सुरमा । पर परसम्म फैलिएको काफलको हाँगामा चढेर । वशन्त गाउँदै थिइन्–

एइ, वशन्तकी न्याउली चरी,सम्चार पु¥याइदे ,
नटुट्यै काफलकी डाली, नछुट्यै पिरम,
नछुट्यै मनकी डाली नछुट्यै धरम ।
ओ.. ओ .माया नछुट्यै धरम ।
वशन्तकी न्याउली चरी….।
आँशुकी लेख्याकी चिठी परदेश पु¥याइदे ।
ओ..ओ..माया. परदेश पु¥याइदे ..
खाऔंला मकैको आँटो जाँतैमा पिसौंला,
क्या चाइयो सुनका ढुंग्री, मायामै बसौंला ।
नटुट्यै काफलकी डाली, नछुट्यै पिरम ..
ओ..ओ.. नछुट्यै पिरम, माया नछुट्यै पिरम…. ।
वशन्तकी न्याउली चरी सम्चार पु¥याइदे ।
.
माथि डाँडाबाट घोडामा आएको लालबहादुरको कानमा उनको सुमधुर स्वर ठोक्किन पुगेछ । अनि कुत्सित दृष्टिको तीर झुम्कीको सौन्दर्यमा गाढिहाल्यो । रुखहरुको छाँया पर्दै घुमेर काफलको रुखमुनी पुग्यो । झाँगिलो धुर्साको बुटामुनी घुर्सिएर काफलको रुखमा चढेकी झुम्कीलाई झाँकेर हे¥यो । त्यो बेला आइमाइले पेन्टी लाउने चलन थिएन । उनको भुक्क परेको नारी गुप्ताङ्गलाई निर्निमेष ट्वाल्ल परेर हेरिरह्यो,पतीत लाले शाहीले । अनि भित्ते घाँसमा चरेको घोडाले ओठ थुर्रर पारेर किल्किलाएपछि उसको एकाग्रता भङ्ग भयो । झुम्कीको होसले पनि ठाउँ छोड्यो । त्यसपछि भयभीत झुम्की रुखबाट ओर्लिनलाग्दा ऊ अर्को रुखको आड पारेर छलियो । जब उनी घर जान लागेकी थिइन् यौन पिपाषु लालेले अप्रत्यासित आएर झुम्कीको बाटो छेक्यो । रुखबाट खसेको आभासमा विषादपूर्ण मानसिकतामा छेपाराको रङ्गझैँ मुखको लाली गुमाएर काली भएकी झुम्कीले मुटुको तीब्र ढुकढुकीलाई सम्हाल्दै भनिन्–
“आम्मै बाबु साव ! हजुर आइबक्सेको ?”

“के भो त झुम्की, के म आउनु हुन्न र तँ भाठाँ ? म पनि तिमीहरु जस्तै मान्छे त हुँ नि । हिन् तेरा घर जाम । मलाई तेरो काफल र एक गिलास पानी खान दे”भनेर मुखमण्डल रक्तिम पारेको कामुक लालबहादुर वासना पछ्याउँदै सङ्गसङ्गै उनको घर गयो । घर पुग्नासाथ ढोका खोल्न लगायो । अनि दरिलो बाहुले तानेर कोठाभित्र पु¥याएपछि गम्म अँगालोमा कस्यो ।

“ भो भो उता गैबक्सियोस । म काफल दिन्छु यतै बसिबक्सियोस” थोरै अविश्वास, धेरै आशंका र प्रतिकार थियो, उनको मुखबाट पोखिएको त्यो असहमतिमा । दयाको भीख पनि थियो,उनको आग्रहमा ।

“हुन्दे, सबै जात उही हो । मलाई त्यो मतलब छैन । हिन्छिटो भित्र ।” उसै त कुन कानमा सुन भएको कामोत्तेजित लालेलाई उनको अनुनय सुन्ने फुर्सदिलो चेत कहाँ हुन्थ्यो र । जबरजस्ती उनलाई भित्र हुल्यो, ढोकाको आग्लो लाएर उनकै विस्तरामा ढालेर…. भरपुर यौन प्यास मेट्यो । पछि बाहिर निस्केर आफनो घोडाको पृष्ठ भागमा कोर्रा लाएर बुर्कुसी मार्दै गयो ।

शुक्रबारको दिन । समय दिनको करीब दुई बजे । छोरो भक्ते झोला बोकेर स्कूलबाट आउँदा आमाको अवस्था – छरपस्ट कपाल, लोग्नेलाई अनुनय गर्दै दुई आँखाबाट आँशुको छहरा झरिरहेको । भक्ते आकुल हुँदै बोल्यो–क्या भयो आमै तुमीकन ? क्यान यैथो अरिरैछौ त ?

घायल झुम्कीको दृश्यभरि लालेको कुकृत्य र स्मृतिभरि आफनो लोग्नेको तस्वीर उभ्याएर बर्बर आँशुको भेल बगाउदै भन्दै रहिन्– “हे मेरा राजा, प्राण प्यारा ! तिमी क्यान गयाथ्यौ परदेश । मुइले त भनेइ हुँ, आँटो साग सिस्नो खाइकन हीँ दुःखजिलो गुजारा अरौँला । विदेश गैकन पुइँसा कमाइ ल्याइकन गहना,जग्गा जोडौंला भन्यौ । छोरान पढाउँला” भन्थ्यौ । मेरा भुन्या मानेनौ । आज दुष्ट राक्षस लाले पापीले मसंग भयाओ तम्रो एकलौटी मेरो अस्तित्व,अस्मिता लुटी लैगो ।

छोरालाई अँगालोमा कस्दै “मेरो खुनको टुक्रा बाबु ! म अब तुकन छोडी जानैछु । तेरा निम्ति टिप्या काफल राखिदियाइछु खायै, खायै । रोटी ,पनि खायै । म अब कैल्यै आउन्या नाई फर्किकन । मेरो बाबु,मेरो मुटु । म क्याअरुँ बाबु ! भाग्यले म’न बाँच्न दिएन । मेरो अस्मिता लालेले लुटीलैगो । खाइकन तेरा कान्छा बाका घर गयै । कल्यै काईँ सान्जीया काँ गयै । त्याँ मेरी बहिनीले तुकन हेरचाहा अरली, माया अरली । दिदीको छोरा भनिकन । पछि तेरा बा आइजान्या छन् बाबु ,चिन्ता नअ¥यै । अब तुइले मेरा निम्ति एक काम अन्नु पड्न्याछ । मु भुन्नै जान्छु तु लेख्दै जा ।”

“क्यान आमा? म क्यान काकाओ घर जाने ?” छोराको खुल्दुली ।
“पहिले ले अनि भनुँली”आमाको अस्प्रष्ट उत्तर ।

छोरो भक्ते सुनारले आफनो कापीको पाना च्यातेर कलमले जानी नजानी बाङ्गाटिङ्गा अक्षर कोर्न शुरु ग¥यो –
घायल झुम्कीको दृश्यभरि लालेको कुकृत्य र स्मृतिभरि आफनो लोग्नेको तस्वीर उभ्याएर बर्बर आँशुको भेल बगाउदै भन्दै रहिन्– “हे मेरा राजा, प्राण प्यारा ! तिमी क्यान गयाथ्यौ परदेश । मुइले त भनेइ हुँ, आँटो साग सिस्नो खाइकन हीँ दुःखजिलो गुजारा अरौँला । विदेश गैकन पुइँसा कमाइ ल्याइकन गहना,जग्गा जोडौंला भन्यौ । छोरान पढाउँला” भन्थ्यौ । मेरा भुन्या मानेनौ । आज दुष्ट राक्षस लाले पापीले मसंग भयाओ तम्रो एकलौटी मेरो अस्तित्व,अस्मिता लुटी लैगो । मेरो केही लागेन । अब म बाँच्याओ के सार भो र ? म त्यसै पनि मरेँ ,त्यसै पनि मरेँ । मेरा प्यारा ! अब अक्को जुनीमा तमीसंँ भेटुँंली । मेरो यो जुनी सक्कियो । मेरा स्वामीकन दया अ¥या भगवान ।” फेरि छोराको शरीरभरि आँशुको धारा घोप्ट्याइन् ।

आमाको सम्भाव्य हर्कत बारे प्रष्ट हुन नसकेको भक्तले आमाको आँशुलाई साथ दिन ऊ पनि रोयो–“आमा क्या भन्नीछौ त तिमी ? क्या क्या लेख्न लगाइन् । क्या भयो ? लालेले क्या भन्यो ?म’न भनन त ?”

सम्हालिदै झुम्की–“केही नाइ बाबु । यो चिठी बाकन पठाइदेउ भनी तेरा कान्छा बाकन दिई आ । जाउ बाबु । छिटो जाउ ।”
भक्ते कान्छाबालाई कागज पु¥याउन गयो । ….

यता झुम्कीले दलिनमा नाम्लाको पासो लाएर रङ्गिलो यौवन लीला समाप्त पारिन ।
चिठी हेरेर झस्केको जगतको भाई र भक्ते आइपुग्दा, झुम्कीको प्राण पखेरु उडेर गैसकेका थिए,देह मात्र नाम्लोमा झुण्डिएको थियो ।

००००

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*