२९ भदौ २०८३, सोमबार | September 15, 2026

शान्ति र समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक छ : प्रदेश प्रमुख शेरचन



पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको दिगो शान्ति र समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।

पोखरा महानगरपालिका–११ जयकोटस्थित कर्म सिद्ध रानीपौवा गुम्बाको आज शिलान्यास गर्दै उनले जनताका इच्छा र आकाङ्क्षा पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताए ।

प्रमुख शेरचनले बुद्ध दर्शन मानव कल्याण र विकासका लागि वैज्ञानिक दर्शन बनेको उल्लेख गर्दै यसलाई तल्लो तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए । जीवजन्तुको कल्याण, उत्थान एवम् विभेदरहित व्यवहारलाई आत्मसात् गर्दै लोभलालच, द्वेषमुक्त भएर शान्ति र कल्याणमा लाग्न सके मात्र बुद्धत्व प्राप्त गर्नेततर्फ उन्मुख हुनेमा उनले जोड दिए ।

धार्मिक आस्था बोकेर नभई कर्म गरे मात्र धर्म हुने विश्वास व्यक्त गर्दै प्रमुख शेरचनले भन्नुभयो, “प्रत्येक प्राणी र समाजका दुःखी असहायको सेवा गर्नु असल धर्म हो ।” उनले गुम्बा निर्माणमा सङ्घ र प्रदेश सरकारसँग आफूले पहल गर्ने बताए ।

पहिलो तल्ला चार हजार, दोस्रो तल्ला तीन हजार, तेस्रो र चौथो तल्ला एक हजार २०० स्क्वायर फिटको रहने कर्म सिद्ध गुम्बा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु ६ करोडको लागतमा निर्माण गरिने कर्तो गुरुङले जानकारी दिए ।

हिमालपारिको जिल्ला मनाङबाट बसाइँसराइ गरेर पोखरा आएका व्यक्तिहरुको सक्रियतामा २०१६ मा निर्माण गरिएको गुम्बा २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति भएपछि सोही परिसरमा गुम्बा निर्माण गर्न लागिएको हो ।

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : २३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ