२ पुस २०८२, बुधबार | December 17, 2025

विराटनगर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी



विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा समस्या देखिएको छ ।

महिला ५०जना र पुरुष २५०जना गरी कूल ३०० जना बन्दी अट्ने क्षमता रहेको सो कारागारमा अहिले पुरुष ८३२ जना, महिला ८४ जना र नाबालक दुई गरी ९१८ जना रहेका छन्

कारागाराका नायब सुब्बा रामप्रसाद पोखरेलले कारागारमा कैदीको चाप रहे पनि कारागारामा कोभिड–१९ को कारण कसैको ज्यान नगएको जानकारी दिनुभयो । उहाँका अनुसार आमासँगै आश्रित नाबालक बढीमा तीन वर्षसम्म मात्र बस्न पाउँछन् ।

कारागारमा कैदीबन्दीले सिदाको रुपमा दैनिक एक जनाले रु ६० र ७०० ग्राम चामल सरकारबाट प्राप्त गर्दै आएका छन् । यसैगरी दशैँ खर्च रु ३००, जाडोको लुगा खरिद गर्न रु एक हजार ५२५,गर्मीको लुगाको लागि रु एक हजार ४०० अतिरिक्त प्रत्येक दुई वर्षमा सिरक डस्नासमेत कैदीलाई दिने गरिएको छ ।

कारागारमा बस्दै आएका कैदीमा जाडो र गर्मी मौसममा शरीर चिलाउने, हातखुटा सुनिने, छालामा विभिन्न खालका समस्या देखिने जनाइएको छ । दैनिक छ जनादेखि आठजना कैदी बिरामी हुने गरेका छन् भने उनीहरुको स्वास्थ्य उपचारका लागि कोशी अस्पताल विराटनगरमा लैजाने गरिएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा कैदी जीवन बिताउने बन्दीहरुको थप आयआर्जनका लागि उनीहरुले मुडा र टोपी तथा सामान्य किसिमको काठका सामान पनि बनाउने गरेको र सो बिक्री भएमा उनीहरुले थप आयआर्जन गर्ने गरेको बताइएको छ ।

महिला कैदीलाई सीपको विकास गर्न उनीहरुलाई कारागार प्रशासनले सिलाइकटाई, व्यूटिपार्लर तालीम दिनुका साथै सिलाइकटाई तालीममा सहयोग पुग्ने उद्देश्यले अहिले पाँच थान सिलाई मेसिन पनि उपलब्ध गराइएको छ ।

कारागार प्रशासनका अनुसार जोश र जाँगर भएका धेरै बन्दी सीप विकासमा ध्यान दिने गरेको पाइएको छ भने कतिपयले निराश भएर फुर्सदिलो जीवन बिताइरहेका छन् । सरकारले उपलब्ध गराइरहेको सिदा र रकमले बन्दीको दिनचर्यामा नपुग्ने भएकोले नै उनीहरु मेहनत गर्न चाहेको र यसबाट उनीहरुले अतिरिक्त आम्दानी गर्न सफल भएका छन् ।

कारागारमा रहेका बन्दीमध्ये आर्थिक रुपले सक्षम व्यक्तिहरु निजी अस्पतालमा गएर उपचार गराउने गरेका छन् । कारागार प्रशासनले सानो ठाउँमा धेरै बन्दी राख्दा जोखिम रहने र उनीहरुको उचित व्यवस्थापनमा समेत समस्या आएको जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १२ : ५८ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन