३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

नयाँ वर्षमा रुपन्देही कारागारमा सांस्कृतिक कार्यक्रम, कैदीबन्दीहरु नाचे छमछमी



बुटवल । नयाँ वर्ष २०८१ सालको अवसर पारेर रुपन्देही कारागारमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा कर्मचारी मिलन केन्द्र रुपन्देहीको संयोजन र व्यवस्थापनमा कारागारमा शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

कारागार परिषरमा गरिएको सांसकृतिक कार्यक्रममा बिभिन्न कसुरमा सजाँय काटिरहेका कैदीबन्दीहरु छमछमी नाचेका थिए । कारागार भित्रै रमाउन पाउँदा उनीहरुले खुसी व्यक्त गरेका छन् । कैदीबन्दीहरुलाई नाँचगान सहित विहानीको दीवा भोजको पनि व्यवस्था गरिएको थियो । कारागारका ४७२ जना कैदीबन्दी र बालसुधारका ८५ जना कैदीहरुलाई विहानी खाना खुवाईएको हो । दीवाभोजमा सरिक हुन पाएको भन्दै कैदीबन्दीहरु हर्षित भएका थिए ।

कारागारका कैदीबन्दी ईजाज अलीले जेल बाहिर रहेका आफन्त सहित सबैलाई शुभकामना दिएका थिए । उनले सांस्कृतिक कार्यक्रम र दीवा भोजबाट आफुहरु निकै खुसी भएको धारणा राखे । ‘नयाँ साल निराशमै त बित्ने होला,कारागार बाहिर रहेका नेपालीहरुमा मात्र उमंग छाउने होला भन्ने सोँचमा थियो तर नयाँ सालको उत्सवको लहर कारागार भित्रै पाउँदा गर्वले छाती चौडा भएको अनुभुति भयो ।’ उनले भने ।

‘कारागार भित्र रहिरहदाँ चिन्ता हुने,एक्लो महसुश हुने,अव बाँकी जिन्दगी कारागारमै त जाला भन्ने सोचाई भईरहन्थ्यो तर हौँसलामुलक कार्यक्रमले जिवनमा अझै केही गर्न बाँकी छ,सभ्य नागरिक भएर समाजमा उभिन छ भन्ने लाग्यो ।’ अलिले थपे ।

कारागार तथा बालसुधारको चारघेरा भित्र रहेका कैदीबन्दीहरुको आत्मबल र सिर्जनशिलता बढाउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । परिस्थिति,परिबन्धन र नियतले सजाय खेपिरहेका कैदीबन्दीहरुको बाँकी जिवन सुनौलो भएकाले आफुलाई हिनताबोध नगर्न प्रजिअ अर्यालले कैदीबन्दीहरुलाई आग्रह गरे । कारागारमा नयाँवर्षको उत्सव राखिउको नेपालमै सम्भवत पहिलो भएको आयोजक जिल्ला प्रशासन रुपन्देहीको दाबी छ ।

कर्मचारी मिलनकेन्द्रका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले मानव अधिकारका दृष्टिकोणले सबै मानव एकै हुने भएकोले कारागारमा रहेका बन्दीहरुले पनि रमाउन पाउनुपर्छ भनेर यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताए ।  अर्यालले कैदीहरुमा आत्मविश्वास बढाउन सामाजिक गतिविधिलाई प्रशासनले अघि सारेको कुरा दर्साए । आगामी दिनम समेत यि कार्यक्रमले निरन्तरता पाउने उनले विश्वास राखे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रंजित सिंह राठौरले कैदीबन्दी अनुशासित भएर बस्नुपर्ने बताए । कारागार भित्र कुनै समस्या पर्नसाथ कारागार प्रमुखलाई खबर गरि समाधान तर्फ लाग्नुपर्नेमा उनले जोड् दिए ।

कार्यक्रममा भैरहबा भन्सार कार्यालयका प्रमुख नारद गौतम,सशस्त्र प्रहरी बलका रुपन्देही जिल्ला प्रमुख तथा प्रहरी उपरिक्षक आनन्द थापा,राष्ट्रिय अनुसन्धानका रुपन्देही जिल्ला प्रमुख हरिश बहादुर विष्ट,कर्मचारी मिलनकेन्द्र रुपन्देहीका कोषाध्यक्ष युवराज पौडेल, कारागारका प्रमुख जगत बस्नेतलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १० : २८ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा