१५ माघ २०८२, बिहिबार | January 30, 2026

नेपालका नाटकघर एकैपटक खुल्दै



काठमाडौं । कोरोना महामारीको स्थिति सामान्य होला र सरकारको अनुमति आउला भन्ने पर्खाइमा नाटकघरहरु थिए ।

तर, बन्द भएको करिब १० महिना बितिसक्दा पनि कहिले खोल्न पाउने भन्ने अन्योल कायमै रहेपछि अन्ततः नाटकघरहरु सञ्चालनमा आउने भएका छन् ।

नेपालका नाटकघरहरुको लागि काम गरिरहेको थिएटर हबको नेतृत्वमा बन्द रहेका नाटकघरहरु एकैपटक पुनः सञ्चालनमा आउने भएका हुन् । यसका लागि काठमाडौंसहित मोफसलमा रहेका नाटकघरहरु कसरी अघि बढ्ने भन्ने छलफलमा छन् । जसको संयोजन थिएटर हबका देव न्यौपानेले गरिरहेका छन् ।

“हल खुलिसकेका छन् । वर्ष २०२० त ध्वस्त नै भयो । तर, अब २०२१ लाई चाहिँ सकारात्मकताका साथ स्वागत गर्नुपर्छ र त्यसमा नेपालका नाटकघरहरु दर्शकको साथमा छौँ भन्ने सन्देशसहित हामीले नाटकघर खोल्ने निर्णय लिएका हौँ । तयारी हुँदैछ,” न्यौपानेले भने ।

उनका अनुसार फ्रिलायन्सिङ गर्ने कलाकारहरुलाई कहिले नाटकघर खुल्ने हो भन्ने अन्योलता भएका कारण पनि सञ्चालनमा आउनुपर्ने बाध्यता बनिसकेको छ । राज्यलाई एक किसिमको दबाब दिने र एकताको सन्देश पनि दिने हिसाबमा नाटकघरहरुले यो कदम उठाउन लागेका हुन् ।

थिएटर मलका केदार श्रेष्ठ भन्छन्, “अहिले देशमा टुटफुट भइरहेको बेला एकताको सन्देश दिन पनि र नाटकघरहरुबीचको समन्वय र मित्रता देखाउन पनि हामीले यो कार्यक्रम वा भनौँ एकैचोटि नाटकघर सञ्चालन गर्न लागेका हौँ ।” एकैचोटि नाटकघरहरु सञ्चालनमा आउँदा ठूलो माससम्म पुग्न सक्ने पनि उनीहरुको अपेक्षा छ ।

एउटै ब्यानरमा विभिन्न कार्यक्रम

छलफलमा संलग्न नाटकघर सञ्चालकहरुका अनुसार जनवरीको पहिलो साता अर्थात् पुस २४ गतेदेखि सञ्चालनमा आउने तयारी रहेको छ ।नाटकघरहरु पुनः सञ्चालनमा आउँदा दर्शकको उपस्थित रहने त छ तर पहिलेजस्तो नाटक मञ्चन नै भने अहिले हुँदैन । एउटै ब्यानरमा विभिन्न कार्यक्रम गरी फरक-फरक मितिमा नाटकघरहरुमा प्रदर्शन गरिनेछ ।

कुनै नाटकघरमा २४ गते प्रदर्शन भयो भने अर्कोमा २५ त्यसैगरी विभिन्न कार्यक्रम गर्ने र एकले अर्को नाटकघरमा हुने कार्यक्रमबारे प्रचारप्रसार पनि गर्ने तयारी उनीहरुको छ । कीर्तिपुरको थिएटर मलले पछिल्लो तीन वर्षदेखि गर्दै आइरहेको रंगकर्मीको कविता कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ ।

झापाको काँकडभित्ताको परिवर्तन थिएटरले भने केही साहित्यिक कार्यक्रम गर्ने योजना बुनिरहेको छ । नाटकघर बन्द भएको लामो समय भइसकेका कारण आजको भोलि नै नाटकको तयारी गर्न नसकिने भएकाले पनि साहित्यिक कार्यक्रम गर्ने योजना रहेको परिवर्तनकी कविता नेपाल बताउँछिन् ।

“झापामा साहित्यिक व्यक्तित्वहरुको संख्या पनि राम्रो भएका कारण पनि हामीले उहाँहरुकै उपस्थितिमा कार्यक्रम आयोजना गरी पुनः सञ्चालनमा आउने सोचेका छौँ,” उनले भनिन् । यो महामारीबीचको समयमा पनि परिवर्तन थिएटरले रेडियो नाटक र सडक नाटकको आयोजना गरिरहेको थियो ।

त्यस्तै, कसैले डकुमेन्ट्री शो त कसैले सोलो पफर्मेन्सको आयोजना गर्ने कि भन्ने सम्बन्धमा छलफल जारी छ । कोरोना संक्रमणलाई ध्यानमा राखी आवश्यक सावधानी र नियम पालना गरी पुनः सञ्चालनमा आउने तयारी उनीहरुको छ ।

यसका लागि कसैले १०० सिट क्षमतामा ५० जना मात्रै दर्शक राख्नेदेखि ओपन थिएटरलगायतका विकल्पहरु सोचिरहेका छन् । तर, महामारीको त्रास कायमै रहेकाले दर्शकहरु पहिलोजस्तो आइनहाल्नेबारे भने उनीहरु जानकार छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : १३ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला