१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

नेकपाका बैंक खाताहरु रोक्का, आधिकारीकता नपाउँदा सम्म कारोबार नहुने



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नाममा बैंकमा रहेका खाता रोक्का हुने भएका छन् । आन्तरिक विवादपछि विभाजित भएको नेकपा मध्य प्रचण्ड(नेपाल पक्षले निर्वाचन आयोगले दलको आधिकारीकता नदिंदा सम्म खाता रोक्का गर्ने निबेदन सम्बन्धित बैंकहरुमा पत्राचार गरेपछि पार्टीका नाममा रहेका खाता रोक्का गरिएको छ । नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता रहेका छन्, ति सबै बैंक खाता रोक्का हुने भएका छन् ।

निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी रोक्का हुने बताईएको छ । पार्टीभित्र बिवाद रहेको र औपचारीक नभएपनि पार्टी विभाजन भएको भन्दै सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नहुँदा सम्म खाता रोक्का  गर्न प्रचण्ड-नेपाल पक्षका अध्यक्ष द्वय प्रचण्ड र माधव नेपालले हस्ताक्षर गरेर बैंकहरुलाई पत्राचार गरेका थिए ।

विवाद भएको लिखित पत्र नै आएपछि विवाद समाधान नहुञ्जेलसम्म रोक्का गर्ने प्रचलन रहेको राष्ट्र बैकका एकजना अधिकारीले बताए ।

प्रचलिन नियम अनुसार यसरी संस्थाको खाता रोक्का गर्ने ब्यवस्था रहेपनि बैंकहरुको बैंक राष्ट्र र्बैकलाई भने खाता रोक्का गर्नु पूर्व राष्ट्र बैंकसंग अनुमति लिनु पर्दछ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ३० बजे

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ

संसदलाई अपमान गर्ने प्रधानमन्त्री पदमा बस्न मिल्दैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर । लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवल आज विश्वासको

यस्तो छ अर्थमन्त्रीले तयार पारेको आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग