१६ श्रावण २०८३, शनिबार | August 1, 2026

अज्ञात समूहद्धारा प्रदेशसभा समिति सभापतिको गाडीमा आगजनी



जाजरकोट । कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा आगजनी भएको छ ।

अज्ञात समूहले लगाएको आगोबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ । समितिका सभापति तथा कर्णाली प्रदेश सभाका सदस्य सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी भेरी नगरपालिका-७, पुन्मामा जलाइएको हो ।

बिहीबार राति आगो लगाएको कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक श्रोत समितिका सभापति गाणेशप्रसाद सिंह चढ्ने सरकारी गाडी
सडक छेउमा पार्किङ गरी राखिएको उक्त गाडी राति १० बजेतिर अज्ञात समूहले जलाएको डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

गाडीमा एक्कासि आगो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराएका थिए । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको डीएसपी श्रेष्ठले बताए । गाडीमा आगो लगाउनेको खोजी भइरहेको उनले बताए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : ४८ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश