१ आश्विन २०८३, बिहिबार | September 17, 2026

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४ औं वर्षमा प्रवेश गर्ने भएको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा/सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।

बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ (प्रस्तावित १४% बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपियाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपियाँ भन्दा बढी पुग्नेछ ।

त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, एउटा सिडिएस क्लियरिङ काउन्टर काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर, तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

बैंकको १४ औं वार्षिक उत्सवको अवसरमा शुभकामना सन्देश दिँदै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज भएको कुरालाई जोड दिँदै मर्जर तथा प्राप्तीमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उनले मर्जर पछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जर/एक्विजिशनपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव-संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : ५२ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा