२४ असार २०८३, बुधबार | July 9, 2026

रुपन्देहीमा शुरु भयो चित्रकलाको कार्यशाला तथा रुपन्देही कला महोत्सव



बुटवल । रुपन्देहीको बुटवलमा दुई दिने चित्रकला कार्यशाला गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७ शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग र अरनिको स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा नेवा पुच, नेवा समाज विकास परिषद र नेपाल ब्यावसायीक कलाकार संघको सहयोगमा चित्रकला कार्यशाला गोष्ठी तथा रुपन्देही कला महोत्सव २०७७ शुरु भएको हो ।

कार्यशालाको मंगलबार एक समारोहका बिच समाजसेवी तथा जनप्रतिनिधि ज्ञानु लिगलले उद्घाटन गरिन् । उदघाटन कार्यक्रममा बोल्दै समाजसेवी लिगलले नेवारी कला र संस्कृति जगाउदै पर्यटनसंग जोडेर लैजानुपर्ने सुझाव दिईन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग परिषदका सदस्य तथा चित्रकला विभागका प्रमुख सुश्मा राजभण्डारीले ललित कलालाई विकास गर्ने योजना अनुसार विविध कार्याशालाहरु अघि बढेको बताईन्। सरकारलाई समन्वयको पाठामा संस्थागत रुपमा सहयोगीका रुपमा प्रतिष्ठानले काम गर्दै आएको उनले बताईन् ।

नेवा पुच कार्यालय भवनमा पुस २१ र २२ दुई दिनसम्म संचालन हुने कार्यशालामा कलाकारहरुले नेपाली, नेवारी संस्कृति र परम्परा झल्काउने ३० बढी चित्रहरु बनाउने पुचका अध्यक्ष काजिमान श्रेष्ठ बताए । श्री नेवा पुच नेवा समाज विकास परिषदबाट संस्कृति जगेर्नाका लागि विभिन्न दिवसमा कार्यक्रमहरु गर्दै आएको उनले बताए ।

वरिष्ठ चित्रकारहरु मन गोल्डी, एचबि रमतेल, लक्ष्मण श्रेष्ठ, सुमित्रा राना, राजकुमार लिगल, शान्ता गिरि, बेनु थापा, बिक्रम गुरुङ लगायत करीब ३० जनाले एक्रेलिक रंग र क्यानभास बोर्डमा चित्र कोर्ने उनले बताए ।

यसैबिच पुस २३ गते अरनिको दिवसमा कार्यक्रम गरिने प्रतिष्ठान रुपन्देहीका अध्यक्ष मन गोल्डी, सचिव एचबि रमतेल, नेपाल ब्यावसायीक कलाकार संघका अध्यक्ष बेनु थापाले बताए ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ११ : ४९ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको