६ बैशाख २०८१, बिहिबार | April 18, 2024

पाँच केजी अवैध गाँजासहित पक्राउ



हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिकाबाट पाँच केजी अवैध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का २८ वर्षीय बुद्धिमान तामाङ रहेको छ । इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीको टोलीले मनहरिको वडा नं ७ स्थित मनहरि खोलाको बगरबाट उक्त परिमाणको गाँजासहित उहाँलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।

खोलाको बगरमा शङ्कास्पद अवस्थामा हिँडिरहेको देखिएपछि शङ्का लागेर प्रहरीले झोला जाँच गर्दा गाँजा बरामद भएपछि उहाँलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ६ : ०९ बजे

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर

एन्फाका उपाध्यक्ष लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द