६ श्रावण २०८३, बुधबार | July 22, 2026

गल्छी-मैलुङ सडकमा ६५ प्रतिशत बढी प्रगति



काठमाडौं । उत्तरी छिमेकी चीन जोड्ने प्रमुख नाकाका रूपमा विस्तार भइरहेको सडक खण्ड हो, गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक ।

सोही सडक आयोजनाका अधिकारी, प्रधानमन्त्री कार्यालयका विज्ञ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीसहितको टोलीले अनुगमन गर्दै विस्तारलाई गति दिन पहलकदमी अघि बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमन्त्री वसन्तकुमार नेम्वाङको संयोजनमा बिहीबार सोही सडकको विषयमा छलफल भएको छ । मन्त्री नेम्बाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायत सहभागीको छलफलले सडक विस्तारको अवस्थाको विषयमा समीक्षा गरेको छ ।

आयोजनाको हालसम्मको प्रगतिबारे आयोजना प्रमुख नारायणदत्त भण्डारीले प्रस्तुति दिएका छन् । छलफलमा मन्त्री नेम्वाङले सडक विस्तारको कामलाई तीव्र गतिमा अघि बढाएर समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

८२ किलोमिटर लामो उक्त सडक तीन खण्डमा विभाजन गरेर विस्तारको कार्य भइरहेको छ । उक्त सडक विस्तारमा १५ अर्ब लागत अनुमान गरिएको छ । गल्छी-मैलुङ खण्डमा ६५ प्रतिशतभन्दा बढी प्रगति भइसकेको प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले जानकारी दिए ।

मैलुङ-स्याफ्रुबेंसी सडकको गत साउनदेखि ठेक्का लागेको छ भने स्याफ्रुबेंसी-रसुवागढी सडकखण्डको ३९ महिनामा काम सम्पन्न गर्ने गरी गत वर्षदेखि चिनियाँले बनाउने गरी ठेक्का लागेको छ । कोरोना भाइरस, मुआब्जालगायतका कारण सडक विस्तारको लक्ष्यअनुसार काम सम्पन्न हुन सकेको छैन । उक्त समाचार आजकाे राजधानी दैनिकमा छापिएकाे छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ७ : २० बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९