२४ श्रावण २०८३, आइतबार | August 9, 2026

डल्लपमा ठोकिँदा बर्दियामा मोटरसाइकल चालकको मृत्यु



बर्दिया । बर्दियामा सवारी दुर्घटनामा पनि एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका १ डुम्रेनी बस्ने २२ वर्षीय त्रिभुवन आचार्यको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो ।

आचार्य सवार मोटरसाइकल बिहीबार राति मनुषा टिकासिंह थापा बहुमुखी क्याम्पसनजिक डल्लपमा ठोकिँदा आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको उपचारका लागि मेडिकल कलेज कोहोलपुर लैजाने क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार रहेको अर्का १ जना घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका १ डुम्रेनीकै अन्दाजी २२ वर्षीय तिर्थ आचार्य घाइते भएको प्रहरीले जनाएको छ । उनको अहिले जिल्ला अस्पताल गुलरियामा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।

कुहिरो लागेको र डल्लपमा रिफ्ल्याक्टर नभएका कारण रातीको समयमा डल्लप नदेखिएकोले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : ४४ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको