१ भदौ २०८३, सोमबार | August 17, 2026

संविधानमाथि प्रहार हुँदा काँग्रेस चुप लागेर बस्न सक्दैन : नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् ।

नेपाली कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताएका हुन् ।

असंवैधानिक कदम विरुद्धको विरोधकालागि कांग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेअनुसार आज देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा भइरहेको सिंहले जनाए ।

झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको र प्रधानमन्त्रीले जबरजस्त रुपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधि सभा भंग गरेर संविधानमाथि प्रहार गरेको नेता सिंहले आरोप लगाए ।

संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भंग गर्ने अधिकार हटाइएको उल्लेख गर्दै नेता सिंहले संसदले सरकार दिन नसकेको खण्डमा मात्रै प्रतिनिधिसभा विघटन भई चुनावमा जानुपर्ने स्पष्ट व्यवस्था संविधानमा रहेको बताए ।

असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनैपनि तरिकाले हुन नसक्ने बताउनुभयो । दुई तिहाईको सरकार भन्ने तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ भन्दै प्रश्न समेत गरे ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  २ : ३७ बजे

किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले

मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि