१६ माघ २०८२, शुक्रबार | January 30, 2026

प्रधानमन्त्री र राष्ट्रपति मिलेर संवैधानिक र मौलीक अधिकार खोसे : बालकृष्ण खाँण



बुटवल । नेपाली काँग्रेसले रुपन्देहीका १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा आज बिरोध सभा तथा प्रदर्शन गरयो । जिल्लामा ५ वटा निर्वाचन क्षेत्र अन्तर्गतका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभाहरु सम्पन्न भएको हो ।

ति बिरोध सभामा बोल्ने काँग्रेसका नेताहरुले कम्युनिष्टहरु प्रजातान्त्र र लोकतन्त्रबादी हुनै नसक्ने कुराको पुष्टि भएको बताए । दुइ तिहाइको सरकार प्रमुखले पार्टीको अन्तरिक कलह मिलाउन नसकेर संविधान च्यात्ने काम गरेको भन्दै काँग्रेस नेताहरुले लोकतन्त्र र जनाधिकार रक्षाकालागि काँग्रेसको बिकल्प नभएको बताए ।

रुपन्देही क्षेत्र नं. ३ क को भैरहवामा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलीक अधिकार खोसेको बताए । प्रतिनिधि सभा बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै उनले प्रधानमन्त्री केपि शर्मा ओली नसच्चीए सरकार मात्रै नभइ कम्युनिष्टहरु नै समाप्त भएर जाने बताए ।

पुर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले प्रम ओलीको असंवैधानिक कदमलाइ साथ दिएर राष्ट्रपतिले आफुलाइ नेपाली जनताको नभइ ओलीको राष्ट्रपतिको रुपमा उभ्याएको अरोप पनि लगाए । नेपाली काँग्रेसले जनताकै साथमा रहेर संविधान र लोकतन्त्रको रक्षाकालागि महत्वर्पूण कदम चाल्ने उनले बताए ।

क्षेत्र नं. २ क का सभापती पुरन प्रसाद श्रेष्ठ, प्रदेश सांसद रमा अर्याल, नगरसभापती दिलीप धिताल, प्राध्यापक संघका शंकर पन्थी लगायतले बोल्दै संविधान र जनाधिकार रक्षाकालागि काँग्रेसले चाल्ने हरेक कदमलाइ नेपाली जनताले साथ दिने बताए । नेता खाँणले क्षेत्र नं. ३ खको अमुवामा भएको भेलालाइ पनि सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : ३९ बजे

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’