३ चैत्र २०८२, मंगलबार | March 18, 2026

प्रधानमन्त्री र राष्ट्रपति मिलेर संवैधानिक र मौलीक अधिकार खोसे : बालकृष्ण खाँण



बुटवल । नेपाली काँग्रेसले रुपन्देहीका १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा आज बिरोध सभा तथा प्रदर्शन गरयो । जिल्लामा ५ वटा निर्वाचन क्षेत्र अन्तर्गतका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभाहरु सम्पन्न भएको हो ।

ति बिरोध सभामा बोल्ने काँग्रेसका नेताहरुले कम्युनिष्टहरु प्रजातान्त्र र लोकतन्त्रबादी हुनै नसक्ने कुराको पुष्टि भएको बताए । दुइ तिहाइको सरकार प्रमुखले पार्टीको अन्तरिक कलह मिलाउन नसकेर संविधान च्यात्ने काम गरेको भन्दै काँग्रेस नेताहरुले लोकतन्त्र र जनाधिकार रक्षाकालागि काँग्रेसको बिकल्प नभएको बताए ।

रुपन्देही क्षेत्र नं. ३ क को भैरहवामा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलीक अधिकार खोसेको बताए । प्रतिनिधि सभा बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै उनले प्रधानमन्त्री केपि शर्मा ओली नसच्चीए सरकार मात्रै नभइ कम्युनिष्टहरु नै समाप्त भएर जाने बताए ।

पुर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले प्रम ओलीको असंवैधानिक कदमलाइ साथ दिएर राष्ट्रपतिले आफुलाइ नेपाली जनताको नभइ ओलीको राष्ट्रपतिको रुपमा उभ्याएको अरोप पनि लगाए । नेपाली काँग्रेसले जनताकै साथमा रहेर संविधान र लोकतन्त्रको रक्षाकालागि महत्वर्पूण कदम चाल्ने उनले बताए ।

क्षेत्र नं. २ क का सभापती पुरन प्रसाद श्रेष्ठ, प्रदेश सांसद रमा अर्याल, नगरसभापती दिलीप धिताल, प्राध्यापक संघका शंकर पन्थी लगायतले बोल्दै संविधान र जनाधिकार रक्षाकालागि काँग्रेसले चाल्ने हरेक कदमलाइ नेपाली जनताले साथ दिने बताए । नेता खाँणले क्षेत्र नं. ३ खको अमुवामा भएको भेलालाइ पनि सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : ३९ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड