८ चैत्र २०८२, आइतबार | March 22, 2026

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा प्रहरी र विद्यार्थीबीच झडप, ३ विद्यार्थी घाईते



सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेकोमा सिंहले ज्ञापन पत्र बुझ्न नमानेपछि विद्यार्थी र भिसी सिंहबीच विवाद भएको थियो । विवादले उग्ररुप लिंदै जाँदा बिश्वविद्यालय परिसर तनावग्रस्त बनेको छ ।

प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् । परिक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीको छलफलका क्रममा विवाद हुँदा झडप भएको बताईएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ ।

झडपमा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्षमण वोगटी घाइते भएका छ्न ।

उपकुलपतिसँग विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रु ग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहिले बताए । घाइतेहरूको स्थानीय माया नर्सिङ होममा उपचार भैरहेको छ ।

 

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ९ : ११ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली