१९ बैशाख २०८१, बुधबार | May 2, 2024

प्रतिनिधिसभा विघटनले राष्ट्र, राष्ट्रियता, संविधान र सङ्घीयता खतरामा पर्यो : मुख्यमन्त्री शाही



कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा विघटनले राष्ट्र, राष्ट्रियता, संविधान र सङ्घीयता खतरामा पुगेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले यस गम्भीर परिस्थितिलाई सुल्झाउने जिम्मेवारी न्यायालयको काँधमा आइपुगेको बताए ।

मुख्यमन्त्री शाहीले भने, “मुलुकमा स्थायी सरकार, समृद्धि र विकासका लागि मध्यावधि निर्वाचन समाधान होइन ।” प्रतिनिधिसभा विघटनको नजीर बस्नु राम्रो नभएको उनले बताए ।

उनले अहिले सामना गरिरहेको अवस्थाबाट अघि बढे देशमा धेरै प्रधानमन्त्री बन्ने तर मुलुक अस्थिर राजनीतिको चङ्गुलमा फस्ने तर्क गर्दै यसले मुलुकको विकास १० वर्षपछि धकेलिने जनाए ।

मुख्यमन्त्रीले रणनीतिक महत्वका योजना बन्न नसके पनि कर्णालीमा शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारको विकास हुँदै गएको बताए । उनले कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पनि केही दिनपछि विस्तार गरिने जनाए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : ४९ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी