२० मंसिर २०८२, शनिबार | December 6, 2025

आजबाट चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन



काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका सिनेमा हलमा करिव १० महिनापछि नयाँ चलचित्र रिलिज भएको छ ।

दिपेश सापकोटाको निर्देशनमा तयार भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आजबाट रिलिज भएको हो ।

चलचित्रमा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोङ, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइरालालगायतको अभिनय देख्न सकिन्छ ।

चलचित्रमार्फत अभिनेता शिव श्रेष्ठका छोरा शक्त श्रेष्ठ तथा अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले डेब्यू गरेका छन् । यशोदा राई र दिनेश दर्शनधारी चलचित्रका निर्माता हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेर सिनेमा हलहरु बन्द गरेको थियो ।

तर, लकडाउन खुलेपनि हलहरु खोल्न अनुमति नदिएपछि प्रदर्शकहरुले पौष १० गतेबाट एकतर्फी रुपमा हल खोलेका थिए । यद्यपि, सिनेमा हलले यसअघि नै प्रदर्शन भएका चलचित्रहरु प्रदर्शन गरेको थियो ।

पौष २६ गते सरकारले सिनेमा हलहरु खोल्न अनुमति दिएपछि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको हो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  १ : ३१ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति