६ आश्विन २०८३, मंगलबार | September 22, 2026

चन्द्रागिरिको आइपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट



काठमाडौं । चन्द्रागिरि हिल्सले चन्द्रागिरिको आईपीओ भर्ने सबै आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुट दिएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बार्षिक सधारणसभाले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको हो ।

चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाएको विश्वासका कारण आवेदकहरुलार्य २५ प्रतिशत छुटको व्यवस्था मिलाएको हो । चन्द्रगिरिमा आवेदन दिने सबैलाई शेयर पर्ने सम्भावना न्युन रहेको छ । त्यसैले सबै आवेदकहरुको सम्मान गर्दै छुट योजना सर्वाज्निक गरिएको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिने आवदेकले शेयर भर्दाको कुनै प्रमाण टिकट काउन्टरमा पेश गरेपछि छुट मिल्नेछ । चन्द्रगिरिमा १२ लाख ५६ हजार ७४६ आवेदकले शेयर भरेका छन् । यो छुट योजना माघ ५ गतेदेखि १ बर्ष सम्मको लागि मान्य हुने चन्द्रागिरि हिल्सले जनाएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बार्षिक सधारण सभा बुधबारका दिन चन्द्रगिरि हिल्स रिर्सोट सम्पन्न भएको थियो । साधारण सभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ४ : ४८ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ