२९ भदौ २०८३, सोमबार | September 15, 2026

पोखरा उद्योग वाणिज्य सङ्घको टोलीले गर्यो निर्माणाधीन विमानस्थलको निरीक्षण



पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिको टोलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेको छ । पर्यटकीय नगरी पोखराको समृद्धि र विकाससँग प्रत्यक्ष जोडिएको विमानस्थलको निर्माणमा चासो दिदै सङ्घले शुक्रबार स्थलगत निरीक्षण गरी भइरहेको कार्यप्रगतिबारे जानकारी लिएको हो ।

सङ्घका नवनिर्वाचित अध्यक्ष नारायण कोइराला नेतृत्वको टोलीले निर्माणमा भइरहेको प्रगति, त्यसको अवस्थालगायतका विषयमा जानकारी लिएको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए।

प्रतिनिधिमण्डललाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनीयर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराए। सङ्घका अध्यक्ष कोइरालाले विमानस्थल निर्माणका लागि पोखरा उद्योग वाणिज्य सङ्घले २०३३ सालदेखि गरेको पहल र त्यस यताका रिले अनशनलगायतको स्मरण गर्दै निर्धारित मितिमा विमानस्थल सञ्चालनमा आउनुपर्नेमा जोड दिए।

विमानस्थल तोकिएकै मितिमा सञ्चालनमा आए कोरोनाका कारण थलिएको पर्यटन व्यवसायसहित सम्पूर्ण निजी क्षेत्रलाई लाभ पुग्ने उनको भनाइ छ

। विसं २०३२ मा तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण भएसँगै पोखरा उद्योग वाणिज्य सङ्घले विमानस्थल निर्माणका लागि समयसमयमा प्रधानमन्त्री, पर्यटनमन्त्री तथा अन्य सरोकारवाला निकायसँग निरन्तर छलफल एवं अन्तक्र्रिया गर्दै आएकामा निर्माण कार्य अघि बढ्न नसकेपछि सङ्घले बाध्य भएर विसं २०६८ मा रिले अनशनको नेतृत्व गरेको थियो ।

सङ्घको अगुवाइमा भएको रिले अनशनमा पोखराका अधिकांश सङ्घसंस्था, नागरिक समाज तथा गण्डकी प्रदेशभित्रका उद्योग वाणिज्य सङ्घले ऐक्यबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १२ : ०८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ